करदाता शिक्षा तथा उद्योग एव बाणिज्य फर्म सग सम्न्धित छलफल तथा अन्तरक्रिया कार्यक्रम रामपुरमा

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ असार ९ गते २०:०८

असार ८ रामपुर पाल्पा। करदाता शिक्षा तथा उद्योग एव बाणिज्य फर्म सग सम्न्धित छलफल तथा अन्तरक्रिया कार्यक्रम रामपुरमा भएको छ । रामपुर उद्योग बाणिज्य सघ रामपुरका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा भएकोकार्यक्रमका मुख्य पाहुना घरेलु तथा साना उद्योग कार्यलय पाल्पाका प्रमुख श्याम कुमार पौड्याल रहनु भएकमे हो ।कार्यक्रममा मुख्य पाहुना पौड्यालले फर्म दताको बारेका जानकारी गराउदै आगामी दिनमा अझ राम्रो सग काम गर्ने तरीकाका बारेमा बताउनु भयो ।

कार्यक्रममा करदाता कार्लय पाल्पाका प्रमुख शन्तोय सुबेदिले करको प्रकार कर के हो किन कर लिईन्छ , करका सिदान्त जस्ता विभिन्न विषयमा ज्ञान सिप सिकाउनु भएको थियो ।रामपुर उद्योग बाणिज्य सघ रामपुरको आयोजनामा भएको कार्यक्रम घरेलु तथा साना उद्योग कार्यलय तानसेन पाल्पाको समन्वय करदाता कार्यलय पाल्पाको सहयोगमा कार्यक्रम भएको हो । छलफल कार्यक्रममा सहभागी रमेश आचार्य ,गुरु प्रसाद घिमिरे ,भेषराज पोखरेल ,,सुर्य प्रसाद श्रेष्ठ ,भोजराज भट्टराई खेम गौतम बासुदव ढकाल राखेको जिज्ञासा सम्वन्धी कार्यलयका प्रमुखले मेटाउनु  भएको थियो । कार्यक्रममा सहभागि विष्णु प्रसाद पौड्यालले मिठो करकै सम्वन्धमा मुक्तक सुनाउनु भएको थियो । होटल श्रीनगरको सभाहलमा भएको कार्यक्रमा उद्योग उपाध्यक्ष रुद्र नारायण श्रष्ठको स्वागत बाट शूरु भएको कार्यक्रममा सहभागिलाइ धन्यबाद बाणिज्य उापध्यक्ष विष्णु बहादुर सारुले गर्नु भएको हो । कार्यक्रममा करदाता कार्यलय पाल्पाका प्रमुख  ,घरेलु तथा साना उद्योग कार्यलय पाल्पाका प्रमुख लाइ ढाका टोपी मायाको चिनो ले सम्मान गरिएको हो । कार्यक्रममा इलाका प्रशासन कार्यलय रामपुरका प्रमुख गणेश बहादुर कार्कीलाइ मायाको थिनो ढाका टोपिले स्वागत गरेको हो । विभिन्न उद्योगी व्यापारी व्यावसायी लगायतको कार्यक्रममा सहभागिता रहको थियो ।


प्रकाशित : २०८१ असार ९ गते २०:०८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology