बसे है पालेदाइ – बद्रि पंगेनीले गाएको गीत विवादमा

Kandara News
प्रकाशित : २०८१ असार ९ गते ९:४४

चरचित गाएक बद्रि पंगेनी लगायतका कलाकारहरूकाे स्वर रहेकाे लाेकदाेहाेरी गीत ‘बसे है पालेदाइ’ विवादित बनेकाे छ । सामाजिक मर्यादा उल्लंघन गरेकाे आराेप लगाउँदै तीन दिनअघि सार्वजनिक भएकाे याे गीतलाई प्रतिबन्ध लगाउनुपर्ने माग उठेकाे छ  ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाका शिक्षक संघ-संगठनहरूले गीतलाई प्रतिबन्ध लगाउन माग गरेका हुन् । एक संयुक्त वक्तव्य जारी गर्दै अन्नपूर्ण गाउँपालिकाको नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र एकीकृत अखिल नेपाल शिक्षक संगठनले  गीतलाई युट्युब लगायत प्लाटफर्मबाट हटाउन माग गरेका छन् ।

गीतमा स्कुललाई मायाप्रेम गर्ने थलोको रूपमा चित्रित गरिएको, राष्ट्रिय गानको अपमान गरिएकाे, शिक्षकहरूलाई अपमानित हुनेगरी टुक्का राखिएकाे, विद्यालय कर्मचारीप्रति काम नगरी जागिर खाने र कार्यालयभित्र शिक्षकलाई अमर्यादित सोच राख्ने मान्छेको रूपमा चित्रण गरिएकाे उनीहरूकाे आराेप छ।


प्रकाशित : २०८१ असार ९ गते ९:४४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology