बालश्रम शोषण तथा दु्रव्यवार सम्वन्धी सचेतना कार्यक्रम रामपुरमा सम्पन्न

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ असार ८ गते ९:१५


असार ७ पाल्पाको रामपुरमा बालश्रम दु्रव्यबार विरुद्धको सचेतना मुलक कार्यक्रम रामपुर पाल्पामा भएको छ । होटल न्यु श्रीनगरमा भएको कार्यक्रम सामाजिक डिभिजन कार्यलय तानसेन पाल्पाको आयोजना तथा रामपुर उद्योग बाणिज्य सघ रामपुर र बेस नेपालको समन्वयमा सरोकारवालाहरु सग सचेतना तथा अन्तरक्रिया कार्यक्रम भएको हो । सामाजिक डिभिजन कार्यलय तानसेनका प्रमुख मित्र प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना रामपुर उद्योग बाणिज्य सघका अध्यक्ष भोजेन्द्र प्रकास ढकालले कार्यक्रमको उद्घाटन गदै समाजमा देखिने र भोलिकादेश का कर्णधार बालबालिका माथि हुने हिसा दु्रैव्यवार बालश्रम शोषण लगायतका विषयमा कहि जानेर वा नजानेर पनि श्रम शोषण हिसा दु्रव्यवार हुुने भन्दै बालबालिकाको अधिकार सम्वन्धी सचेतना तथा अन्तरक्रिया गरेको बताउनु भएको हो । वहाले समाजलाइ सुन्दर बनाउन बालबालिकालाइ राम्रो नैतिकवान बनाउन पर्छ भन्दै बालबालिका हरुलाइ सबैले सम्मान गर्नु पर्छ भन्नु भयो ।
सचेतना कार्यकममा सहजकर्ता बेस नेपालका निर्देशक शालिकराम पाण्डेले बाल अधिकार के हो ,?बालअधिकारका सिद्धान्त,हिसा केहो ,कानुनि उपचार के के हुन्छन् ,लैगिक हिसा ,बालकालिको नैसगिक अधिकार लगायतका विषयमा ज्ञानसिप सिकाउनु भएको थियो । कार्यक्रममा रामपुर क्षेत्रका सरोकारवाला पत्रकार लगायतको सहभागिता रहेका थियो । कार्यक्रममा सहभागिलाइ स्वागत सामाजिक डिभिजन कार्यलय पाल्पाका इन्जिनियर योगेस भट्टराईको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको संचालन सामाजिक डिघिजन कार्यलय पाल्पाका प्राविधिक साहायक विक्रम पाण्डेले गर्नु भएको हो ।


प्रकाशित : २०८१ असार ८ गते ९:१५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology