जल्पाको साठीकोलमा पशु ब्यबस्थापन सम्बान्धी २ दिने तालिम सम्पन्न

माया राना
प्रकाशित : २०८१ असार ७ गते ९:०१

पूर्वखोला गाउंपालिका वडा न २ जल्पा साठीकोलमा पशु तथा श्रोतको उचित ब्यबस्थापन सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ।

शिर्जनशिल स्वबलम्बी महिला समुहका २७ जना महिलाहरुले पशुमा लाग्ने रोगको पहिचान, घरेलु उपचार, रोग लाग्न नदिने उपाया, सरकारी निकायाबाट पशुको लागी दिइने सेवा सुबिधा र सम्बन्धित निकायको बारेमा जानाकारी पाएका छन्।आर्थिक बृद्दीका लागी साझेदारी कार्यक्रम आन्तर्गत पूर्वखोला गाउपालिका र हेफर प्रोजेक्ट्को आर्थिक सहयोग , समाज उत्थान सहयोग केन्द्रको आयोजना र ब्यबस्थापनमा तालिम भएको हो।

तालिममा पूर्वखोला कृषि तथा पशु परियोजनाका पशु प्राबिधिक प्रदिप सारु, जल्पा वडाका पशु प्राबिधिक हुम बाहदुर झेडी, सामुदायिक परीचालक दिला आचार्य ले सहजिकरण गर्नु भएको थियो।

सहभागि मुना आले, मिना रोकाले कार्यक्रम प्रभावकारी रहेको भनाई राख्नु भयो।महिलाहरुको आर्थिक अबस्था उकास्नको लागी महिला समुह मार्फत कार्यक्रम अगाडी बढाउने क्रममा समुहमा आबद्द एक जना कृषकले खोर सुधारको लागी५० हजार बराबरको योजना पाएका छन भने , यही आर्थिक बर्षमा २० वटा बाख्राको बिउ पाठी र एक वटा बयारक्रश बिउ बोका बितरण गरीएको , यो बर्षातको सिजनमा घासको बिउ, जुका, माटेको औसधी दिने कुरा परिचालक आचार्यले सुनाउनु भयो।

जल्पाको साठीकोललाई पशु पालनपकेट क्षेत्र बनाउने गरी कार्यक्रम अगाडी बढेको जल्पा वडा अध्यक्ष  निर बाहादुर सारुको भनाई छ।


प्रकाशित : २०८१ असार ७ गते ९:०१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology