पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका ३ डाँडागाउँमा चट्याङ्ग लागेर एक जनाको निधन भएको छ ।
आइतवार राती परेको चट्याङ्ग लागेर स्थानीय ५६ वर्षिय विमल प्रसाद पन्तको निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पन्त जनप्रिय आ वि रैनादेवी छहरा ३ भुवनपोखरी डाँडागाउँका प्रधानाध्यापक समेत रहनु भएको थियो ।
चट्याङ लागेर घरको वाइरिङ जलेको छ । वाइरिङ जल्दा पन्थलाई करेन्ट लागेको हुन सक्ने अनुमान गरिएको छ भने घरका अन्य सदस्य सुरक्षित छन् । घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
मृतक पन्तको उपचारको लागि लुम्बिनी मेडिकल कलेज ल्याइएको र डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए ।
प्रकाशित : २०८१ असार ४ गते १४:०५
Facebook Comment