ताहुको रम्भापानीमा साहित्यकार नीलकण्ठ न्याैपानेद्वारा लिखित कृति लाेकार्पण विमर्श तथा सांस्कृतिक पर्यटन जागरण कार्यक्रम सम्पन्न

Kandara News
प्रकाशित : २०८१ असार ३ गते १:२६

रम्भापानी सांस्कृतिक पर्यटन जागरण तथा साहित्यकार नीलकण्ठ न्याैपानेद्वारा लिखित ज्याेतिर्गमय आत्मकथाकाे लाेकार्पण कार्यक्रम पाल्पाको प्रसिद्ध सांस्कृतिक क्षेत्र रम्भादेवी मन्दिर परिसरमा सम्पन्न भयो ।कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. कपिल लामिछाने हुनुहुन्थ्यो । विशिष्ट अतिथिका रूपमा पाल्पा क्षेत्र नं १ का संघीय सांसद माननीय नारायण आचार्य हुनुहुन्थ्यो । रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, पूर्वखाेला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा र उपाध्यक्ष भागीरथी भट्टराई विशिष्ट अतिथि हुनुहुन्थ्यो ।


रम्भा तथा पूर्वखाेलाका गाउँपालिकाका वडाध्यक्षहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा पाल्पा तथा रुपन्देहीका साहित्यिक संस्थाका प्रमुख तथा वरिष्ठ साहित्यकारहरूकाे बाक्लो उपस्थिति थियोे । गुरु द्वय जीवनाथ न्याैपाने र हाेमनाथ न्याैपानेकाे वैदिक मन्त्र र स्वस्तिवाचनका साथमा प्रमुख अतिथिद्वारा दीप प्रज्ज्वलन गरी कार्यक्रमकाे समुद्घाटन गरिएको थियोे । कार्यक्रमकाे उद्घाटनपछि रम्भापानी पर्यटकीय गन्तव्य शीर्षकमा अवधारणापत्र प्रस्तुत गरिएको थियोे । कार्यक्रममका अध्यक्ष तथा पर्यटन जागरण अभियानका अध्यक्ष विनाेद श्रेष्ठले उक्त अवधारणा प्रस्तुत गर्नुभएको हाे । रम्भादेवीमा धार्मिक पर्यटक ल्याउन संस्थाले पहल गरेको कुरा प्रकाश पार्नुभयाे ।प्रमुख अतिथि तथा विशिष्ट अतिथिद्वारा संयुक्त रूपमा जाेतिर्गमय कृतिको लाेकार्पण गरियो ।

कतिमाथि टिप्पणी गर्ने काम डा. टंकप्रसाद पन्थबाट भयो । कृतिको भाैतिक तथा प्राज्ञिक पक्षमाथि प्रकाश पारियो । ३६ वटा शीर्षकमा लेखकले आफ्नो जीवनका इतिवृत्तलाई प्रस्तुत गरेकाे कुरा उल्लेख गरियो । केही अलाैकिक घटना सन्दर्भका साथमा आफ्नो जीवनका अभाव, गरिबी, सङ्घर्ष र प्राप्तिलाई समेटिएको यथार्थ प्रस्तुत गरियो । जीवनकाे आलाेक र दृष्टि शिक्षा रहेको मर्मका साथमा कर्मवादी दर्शन केन्द्रमा रहेको कुरा प्रकाश पारियो ।प्रमुख अतिथि प्रा.डा. कपिल लामिछानेले जसको मुनिपट्टि टन्न पानी छ त्याे हाे रम्भापानी भन्ने धारणा राख्नुभयाे । पर्यटनकाे आधार प्रकृति र संस्कृति रहेको मर्म उहाँले व्यक्त गर्नुभयो । नीलकण्ठ न्याैपानेकाे पाण्डुलिपि प्राप्त भएको र त्यसको पठन र आवश्यक सम्पादन गरी कृतिलाई प्रकाशनमा ल्याइएको कुरा उहाँले स्पष्ट पार्नुभयाे ।

परम्परा र अन्धविश्वासका कारण समयमा पढ्न नपाएका नीलकण्ठ न्याैपाने पूर्वीय वाङ्मयका साधक बन्नु विलक्षण प्रतिभाको परिणाम रहेको यथार्थ स्पष्ट पार्नुभयाे । कृतिकार नीलकण्ठ न्याैपानेलाई बधाई तथा उत्तराेत्तर साधनाकाे शुभकामना पनि व्यक्त गर्नुभयो । यो विशिष्ट कार्यक्रममा आफूलाई प्रमुख अतिथि चयन गर्नुभएकोमा धन्यवाद व्यक्तसमेत गर्नुभयो ।विशिष्ट अतिथि नारायण आचार्यले ‘मलाई यहाँसम्म पुर्‍याउनमा गुरुकै याेगदान छ’ भनी गुरुलाई हार्दिक बधाई व्यक्त गर्नुभयो । नीलकण्ठ गुरुकाे क्रियाशीलता र लगनशीलता सबैका लागि अनुकरणीय रहेको विचार उहाँले व्यक्त गर्नुभयो । याे कृतिलाई रम्भादेवीकाे आँगनमा लाेकार्पण गर्नु पनि अर्थपूर्ण रहेको सन्दर्भ उहाँले जाेड्नुभयाे । पाल्पाको विकासका सम्भावना र याेजना पनि उहाँले प्रस्तुत गर्नुभयो । हाम्रो भाषा संस्कृतिमाथि अतिक्रमण भइरहेको अवस्थामा लेखक साहित्यकारले सशक्त रूपमा कलम चलाउनुपर्ने कुरा उहाँले व्यक्त गर्नुभयो । कृतिकार नीलकण्ठ न्याैपानेले उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । रम्भादेवीकै आशिषका कारण आफूलाई ज्ञान प्राप्त भएको मर्म उहाँले प्रस्तुत गर्नुभयो । पुराणका विचार र सूत्रहरू विज्ञानसम्मत रहेको मर्मलाई दृष्टान्तसहित प्रस्तुत गर्नुभयो । शास्त्रमा रम्भाकाे महिमा उल्लेख भएको सन्दर्भका साथमा रम्भाका विषयमा लेख्न र सम्प्रेषण गर्न लेखक तथा साहित्यकारहरूलाई आग्रह पनि गर्नुभयो । याे क्षेत्रमा अक्षय जल भण्डारकाे स्रोत रहेको मर्म प्रस्तुत गरी सबै हिसाबले पुण्य क्षेत्र रहेको भाव पनि प्रस्तुत गर्नुभयो ।

आयाेजककाे उद्देश्य अनुकरणीय रहेको सन्दर्भ जाेडी यस्तो विशिष्ट कार्यक्रमकाे आयाेजना गरी आफूलाई हाैसला प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । ”म निस्कृय बस्न सक्दिन, त्यसैले मैले लेख्छु, बाँचुन्जेल मेराे साधना चलिरहन्छ” उहाँको कथन थियो । उहाँले आफ्नो अतीतका सुखद सन्दर्भहरू पनि स्मरण गर्नुभयो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले लेखक नीलकण्ठ न्याैपानेलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । सामाजिक अनुशासन, निष्ठा र नैतिक मूल्यको स्थापनामा नीलकण्ठकाे लेखन सफल भएको सन्दर्भ जाेड्नुभयाे । सामाजिक रूपान्तरणमा उहाँका सिर्जनाले महत्त्वपूर्ण काम गरेको मर्म व्यक्त गर्नुभयो । याे समाजलाई अझ धेरै कृति प्रकान गरी याेगदान पुर्‍याउन आग्रह पनि गर्नुभयो ।

पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गाेपाल सिंहले ताहुँकाे पर्यटकीय सम्भावनालाई उल्लेख गर्नुभयो । नीलकण्ठ न्याैपानेलाई चिनाइरहनु पर्दैन उहाँ साहित्यका क्षेत्रमा स्थापित हुनुभएकाे छ भन्ने धारणा राख्नुभयाे । आध्यात्मिक जागरणमा लागेर प्रशंसनीय काम गरेकोमा कृतिकारलाई बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो । रम्भाकाे पर्यटकीय क्षेत्रमा धेरै काम गर्नुपर्ने सुझाव पनि दिनुभयो । पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले नीलकण्ठ न्याैपाने अथक साधक रहेको र उहाँले शिक्षामूलक कृतिहरू प्रकाशन गर्दै आएको सन्दर्भ उल्लेख गरी बाह्राैँ कृति प्रकाशनमा ल्याएकोमा बधाई ज्ञापन गर्नुभयो ।नीलकण्ठ न्याैपानेद्वारा लिखित रम्भापानी जागरण गीत रीता न्याैपाने बेलबासेले प्रस्तुत गर्नुभयो । नीलकण्ठ न्याैपानेकाे रम्भापानी काव्यका केही पंक्तिहरू वाचन गर्ने काम राधा भट्टराई न्याैपानेले गर्नुभयो । कार्यक्रम रम्भा पर्यटन विकास प्रतिष्ठानका अध्यक्ष विनाेद श्रेष्ठको अध्यक्षतामा भएको हाे । आमन्त्रित अतिथि तथा सहभागीहरूलाई स्वागत गर्ने काम प्रकाश श्रेष्ठले गर्नुभयो । कार्यक्रम राजेशकुमार अर्यालले सञ्चालन गर्नुभएको थियो । श्रोतsahityapost 


प्रकाशित : २०८१ असार ३ गते १:२६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology