सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउने

कन्दरा सम्बाददाता
प्रकाशित : २०८१ असार २ गते १४:२६

सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउने सम्बन्धी पालिकाले सूचना निकालेको छ। उक्त सुचनामा भनियको छ्व श्री राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागको पत्र संख्या ०८०/०८१ को पत्र अनुसार आ.व. २०८१/०८२ को पहिलो चरण (२०८१ साउन १ गते देखि) २८ जिल्लामा मात्र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको नविकरण गर्नको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको र यस पाल्पा जिल्ला पूर्वखोला गाउँपालिका लगायत अन्य स्थानीय तहहरुमा दोस्रो चरणमा (२०८१ माघ १ गते देखि) मात्र राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएकोले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न छुट भएका लाभग्राहीले आफ्नो वडा कार्यालय संग सम्पर्क गरी आफ्नो समय अनुकुल जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता गर्नुहुन अनुरोध छ। पुनश्चः वालवालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने, अशक्त, असाहय तथा ९० वर्ष भन्दा माथिका जेष्ठ नागरिकको हकमा परिचयपत्र विवरण दर्ता नभएपनि सामाजिक सुरक्षा भत्ता लिन वाधा नपर्ने व्यहोरासमेत जानकारीको लागि अनुरोध गरेको छ।


प्रकाशित : २०८१ असार २ गते १४:२६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology