मटर गुड्ने बाटोमा मान्छे हिड्न सम्म नमिल्ने भयो ।।

डिल्ली राज पंगेनी
प्रकाशित : २०८० असार १९ गते २२:३१

मटर गुड्ने बाटोमा मान्छे हिड्न सम्म नमिल्ने भयो ।
पाल्पा, पूर्वखोला
नेपाल भौगलिक रुपले हिमाल, पहाड र तराई मिलेर भनेको छ ।तराईको तुलनामा पहाड र पहाडको तुलनामा हिमालमा सडक निमार्ण तथा स्तर उन्नती र सडक संजालको व्यवस्थापन गर्न भौगोलिक हिसाबले कठिन मात्र हैन चुनौती समेत रहेको छ । लामो समय सम्म खडेरी परे संगै यहि अषाढ १५ गते पछि बर्षाले गर्दा मोटर बाटो गुड्ने ( सडक) बाटो अहिले मान्छे हिड्न समेत कठिन परेको छ ।
पुर्वखोला र लाम्दिखोला ले सिमाना छुट्याएको पूर्वखोला गाउँपालिकाको केही गाउँ अहिले बाहिर जान बाट बन्चित भएका छन्। पूर्वखोला गाउँपालिकाको साविक वडा न ७ ,२ र ८( केही क्षेत्रफल बाहेक अरु ) रहेको छ भने रिङ्नेरहको ८,९ र ५ को तल्लो बेल्ट यो क्षेत्रमा नियमीत रुपमा तामाखानी बाट एउटा जिप संचालन हुने गर्दछ ।

सुरुमा यो गाउँमा मोटर बाटोको लागि स्थानियको जनश्रमदान र यहाका केही व्यक्तिहरुको अगुवाई बाट करिब ५१ साल तिर मोटरबाटो खन्ने अभियान चल्लेको थियो । सिलुवाको २ र ७ रिङ्नेरहको ८ र ९ त कयौं दिन श्रमदान चलाएका थियो। लामो बाटो श्रमदानले मात्र काहाँ हुन्थ्यो र स्काभेटरको प्रयोग गर्नु पर्यो झन्डै ६५/६६ तिर स्याफत देउराली -अर्खलडाँडा – अल्किचौर -ढाक्रेवास हुँदै पूर्वखोला रिङ्नेरह वडा कार्यालय सम्म र ढाक्रेवास – तामाखानी मोटर बाटो खुलेको थियो । पछि ढाक्रेवास पूर्वखोला ( रिङ्नेरह) तिरको मोटरबाटो बन्द भयो भने तामाखानी – अल्किचौर – अर्खलडाँडा – स्याफट देउराली हुदै नियमित रुपमा जिप संचालन हुन थाल्यो ।

स्थानिय तहको नयाँ संरचना अनुसार रिङ्नेरह – ढाक्रेबास – अल्किचौर – दार्शिङ्ग भञ्जाङ्ग सम्मको वडाको पहुच मार्ग अन्तर्गत सडकको अगाडि बढ्यो । यो मोटरबाटो स्तर उन्नती र निर्माणको लागि करौडौँ भन्दा बढी रकम खर्च भैसकेको छ । भने अर्खलडाँडा बाट रिङ्नेरह ढलेबर निस्कने मोटर बाटो समेत खुलेको छ । भने अर्खलडाँडा हुँदै जब्गादी सम्म निस्कने मोटर बाटो समेत रहेको छ ।
यो क्षेत्र हात्तिलेक, तारेपार र सिकार भञ्जाङ्ग डाडाँले छेकेको साथै लाम्दिखोला पुर्वखोलाले घेरेको क्षेत्र पर्दछ । असार मसान्तर लागे पछि खोलाको बाटो तर्न नसकिने अबस्था छ। भने अरु मोटरबाटो मानिस हिड्न समेत नमिल्ने गरि बिग्रेको छ ।
अकला आधारभुत विद्यालयका शिक्षक धिरज पंगेनीले आफू बुटवल जान अर्जेन्ट परेर बाईक लिएर जान खोजे तर बाईक कुनै पनि बाटो लान नसकेको गुनासो पोख्नुभयो। यतिका सडक सञ्जालमा जोडियो तर निकाश भने कुनै बाटो भएन पंगेनीले बताउनु भयो ।
रिङ्नेरह वडा न-३ (साविक रिङ्नेरह वडा. नं.- ९) का टोल संयोजक पूर्ण बहादुर फालले यस बर्ष लुम्बिनी प्रदेश भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय बाट स्याफत देउराली – अर्खलडाँडा – तामाखानी मटर बाटो स्तर उन्नती गर्ने काम भयो ।स्तर उन्न्ती भएको क्षेत्रमा मात्र धेरै पहिरो गएको बताउनु भयो । फालले यो बाटो यस क्षेत्रको निकाशको लागि उपयुत्त विकल्प थियो। तर यो बर्ष धेरै बर्षा लागेसंगै अत्याधिक पहिरो गएकोले मान्छे हिड्ने गोरेटो बनाउन पनि समस्या रहेको बताउनु भयो ।
यस्तै ढाक्रेबास बाट रिङ्नेरह बृत्ता सम्म निस्कन पनि मान्छे हिड्न समेत मुस्किल परेको छ । भने अर्खलडाँडा बाट सिकार भञ्ज्याङ हुँदै रिङ्नेरह जाने मोटर बाटो पनि विच विचमा पहिरो तथा भलले खोलेको छ। त्यस्तै गरी अल्किचौर बाट दार्सिङ्गभञ्जाङ्ग निस्किने र अर्खलडाँडा बाट जब्गादी निस्क्ने बाटोमा लाम्दिखोला पर्दछ ।
बेलाबेला यस क्षेत्रको विकासको लागि टोल चौपारी मा यो क्षेत्रलाई छुटै वडाको रुपमा लैजान सके यो क्षेत्रको विकास हुने कुरा नचलेको पनि होइन। वर्षाको कारणले अब यो क्षेत्रमा दैनिक उपभोग्य सामान ढुवानि गर्नमा समेत कठिन भए पछि दैनिक उपभोग्य सामान खरिद गर्दा मुल्यमा समेत वृद्धि भएको छ। यहाँका स्थानियले चर्को मुल्यमा सामान खरिद गर्दा दैनैक जिविकोपार्जन मा समेत समस्या आएको बताउदछ्न्।
सडकलाई खुलाउन आफुले सक्दो पहल गर्ने देउराली – अर्खलडाडा तामाखानी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष मन बहादुर फालले बताउनु भयो ।


प्रकाशित : २०८० असार १९ गते २२:३१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology