मगर भाषा संरक्षण गर्नको लागि आख्खा लिपि लेखन तालिम देवीनगरमा सम्पन्न

भुवन सिंजाली
प्रकाशित : २०८० असार ३ गते १९:५८

पुर्वखोला गाउपालिका वडा नम्बर ४ देविनगरमा जनजाति इतिहास संस्कृति पहिचान तथा मगर आख्खा लिपि लेखन तालिम सम्पन्न भएको छ।

देविनगर वडाको आर्थिक सहयोग र आदिवासि जनजाति गाउँ उत्थान समन्वय समितिको आयोजनामा जनजातिहरुलाइ आफ्नो इतिहासको बारेमा जानकारी गराउने र मगर आख्खा लिपि लेख्न सक्ने बनाउने उद्देश्यले संचालन गरेको तालिममा नेपाल मगर लेखक संघ पाल्पाका अध्यक्ष अवित सारु मगरले जनजातिको इतिहास संस्कृति नेपालको संविधानमा व्यवस्था भएका अधिकार के के छन् । मगर शासनको सुरु शासनको अवस्था शासनको अन्त्य ,मगर भाषाबाट राखिएको नामहरु के के हुन् । मगर आख्खा लिपि कसरी लेख्ने भन्ने विषयमा सहजिकरण गरिरहनु भएको छ।

तालिम समापनका प्रमुख अतिथि देविनगर वडाका अध्यक्ष मेहर सिं थापाले तालिममा सिकेका ज्ञान सिपहरु आ आफ्नो गाउँ ठाउमा सिकाउने , धर्म सस्कृति रितिरिवाज कला संस्कृतिको संरक्षण गर्न र आफ्नो व्यवहारमा परिवर्तन गर्न सके तालिमको अौचित्य हुने र आउने वर्षहरुमा वडा कार्यालयबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।
पुर्वखोला गाउकार्यपालिका सदस्य रेवति सरा घर्ती देविनगर वडा सदस्य रविन कुमार श्रेष्ठ लक्ष्मि वि क मातृभूमि माद्यामिक विद्यालयका प्र अ मेहरमान थापाले यस्ता तालिमबाट आफ्नो भाषा लिपिको बारेमा बुझ्न र लेख्न सकिने विचार व्यक्त गर्नु भयो ।
तालिमका सहभागी धनुमाया घर्ती इन्द्रबहादुर रानाले तालिममा सिकेका सीप ज्ञान विद्यालयका विद्यार्थीहरु गाउँ टोलमा पनि सिकाउने र यस्ता तालिम नियमित हुनुपर्ने आग्रह गर्नु भयो ।
तालिममा देविनगर वडाका ८ वटा विद्यालयका स्थानीय पाठ्यक्रम पठाउने शिक्षकहरु अगुवा युवाहरु गरि २० जना सहभागी रहेको तालिम ३ दिन सम्म संचालन भएको तालिम जनजाति गाउँ उत्थान समन्वय समितिका अध्यक्ष भगवती रानाको अध्यक्षतामा सम्पन्न भएको हो ।


प्रकाशित : २०८० असार ३ गते १९:५८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology