महिला उत्थान गाउँ समन्वय समिति देविनगरकाे अायाेजना र देविनगर वडा कार्यालयकाे अार्थिक सहयोगमा ३ दिन सम्म संचालन भएको तालिम सम्पन्न भएको हाे।
महिला र बालबालिकाहरुलाइ कार्यक्रम संचालन गर्न सक्षम बनाउने र विषयगत रुपमन तर्क पुर्ण बाेल्न बानि गराउने उद्देश्यले संचालन गरेको तालिममा उदघाेषक र उदघाेषण भनेको के हाे । कार्यक्रम कस्ता कस्ता हुन्छन् । उदघाेषण गर्दा के के कुरामा ध्यन दिनु पर्छ। कस्तो कार्यक्रममा कस्तो खालकाे पहिरन लगाउनु पर्छ। सभा , समारोह , सास्कृतिक कार्यक्रम , बैठक , शाेखसभा , सम्मान , उद्घाटन लगाएको कार्यक्रम कसरी संचालन गर्ने , माइक्राेफाेन कसरी प्रयोग गर्ने भन्ने विषयमा प्रयाेगात्मक रुपमै खुम बहादुर पाैडेल बल बहादुर थापाले सहजिकरण गर्नु भएको थियो ।
तालिम समापनका प्रमुख अतिथि देविनगर वडाका सदस्य भुवन सिंजालिले वडाको लक्षित वर्गलाइ विनियोजन गरेको बजेटबाट तालिम संचालन गरेको र यस्ताे तालिमबाट विभिन्न कार्यक्रम संचालन गर्न । अाफ्नाे विचार स्पष्टसंग राख्न । भाेलिका दिनहरुमा जुनसुकै कार्यक्रम पनि गर्न सक्षम हुने । र महिला समूह बाल क्लबकाे बैठक कार्यक्रमहरु अाैपचारिक रुपमा संचालन गरि नियमित गर्न अनुरोध गर्दै अाउने वर्षमा पनि मागकाे अाधारमा तालिम संचालन गर्न बजेटकाे व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
तालिमका सहभागी इन्द्रबहादुर राना र यानि माया बारघरेले तालिमबाट कार्यक्रम संचालन सम्बन्धि धेरै ज्ञान सिक्न पाएकाे भन्दै अात्मा विस्वास बढेकोले अब जुनसुकै कार्यक्रम संचालन गर्न र अाफ्नाे विचार ढुक्कसँग राख्न सक्ने बताउनुभयो ।
मातृभूमि माद्यामिक विद्यालयका प्र अ मेहरमान थापाले तालिममा सिकेका सीप ज्ञान व्यवहारमा उतार्न सके तालिमको अाैचित्य हुने भन्दै यस्ता तालिम शिक्षकहरुलाइ पनि अावश्यक रहेको बताउनुभयो ।
तालिम महिला उत्थान गाउँ समन्वय समितिका सचिव चुनि सरा थापाकाे संचालन र देविनगर लक्षित वर्ग मुल समितिका अध्यक्ष भगवती रानाको अध्यक्षतामा सम्पन्न भएको हाे।
प्रकाशित : २०८० जेठ २२ गते २०:५०
Facebook Comment