रामपुर मधुकोटमा आगोलागी बाट चार घर पूर्ण रुपमा जलेर नष्ट
रामपुर नगरपालिका वडा नम्बर ९ मधुकोट पाल्पामा जंगलमा लागेको आगो सल्किएर ४ घर पूर्ण र १ घर आंशिक रुपमा क्षति भएको ,५ गाई गोठ र ४ वटा कटुरा जलेको रामपुर ९ वडा अध्यक्ष डिल बहादुर रानाले बताउनु भयो । आगोलागि बाट २ जना घाइते हुनु भएको छ । घाईते हुनेमा दल बहादुर साठिघरे र लक्ष्मी साठिघरे रहेको वडा अध्यक्ष रानाले बताउनु भयो । भने घाईते हरुको आगो निभाउने क्रममा अनुहार, हातखुट्टा असर पुगेको घाईतेहरुको उपचार नि:शुल्क गरिने रानाले बताउनु भयो ।आगो दिउँसो करिब १:३० बजे तिर जंगलबाट बस्ती तर्फ पसेको स्थानिय बासी बताउछन् । आगोलागी बाट एक बगुर र अन्य वस्तु हरु परेको हुन सक्ने आशन्का गरिएको वडा अध्यक्ष रानाले बताउनु भयो।
नेपाल प्रहरी,स्थानियहरुको अगुवाईमा बस्तिको आगो नियन्त्रण लिएको बताउनु भयो तर जंगलमा भने आगो रहिरहेकाले बस्तिमा पुन प्रवेश गर्न नदिन सबै तैनाथ रहेको वडा अध्यक्ष रानाले बताउनु भयो । आगो लागि बाट क्षति भएको दुई घरलाई सिद्ध प्राथमिक विद्यालयमा अस्थायी बासको व्यवस्था मिलाएको उहाँले बताउनु भयो । रामपुर नगरपालिका नगर प्रमुख तथा उपप्रमुख सहित विभिन्न संघसंस्थाका व्यक्तिहरु घटना स्थलमा आईसकेको पनि वडा अध्यक्ष दिल बहादुर रानाले बताउनु भयो ।
तस्विर दुर्गा चोहान
प्रकाशित : २०८० वैशाख २६ गते २१:११
Facebook Comment