पाल्पामा एमालेको एकल बहुमत , जिसस एमालेकै बन्ने । विवरण सहित

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ जेठ ९ गते १२:२५

पाल्पामा एमालेको एकल बहुमत , जिसस एमालेकै बन्ने । विवरण सहित
पाल्पा/ जेठ ९
स्थानिय तहको निर्वाचन बैशाख ३० गते देशैभरी एकै दिन सकिएको थियो । मतदाताले दिएको मत गणना पनि करिब करिब अन्तिम चरणमा पुगिसकेको छ । पाल्पा जिल्लामा २ नगरपालिका र ८ गाउँपालिका रहेको छ । १० वटै स्थानिय तहको निर्वाचनको मतगणना सकिसकेको छ । जस अन्तरगत एमालेले निस्दी, पूर्वखोला , रम्भा , माथागढी र बग्नासकाली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै जितेको छ भने तिनाउ मा अध्यक्ष जितेको जिल्लमा एकल बहुमतका साथ पहिलो दल बनेको छ । नेपाली काँग्रेसले रामपुर नगरपालिकामा प्रमुख र उपप्रमुख , तानसेनमा प्रमुख जित हासिल गरेको छ । त्यस्तै रैनदेवी छहरामा गाउँपालिका अध्यक्ष जित्दा तिनाउ र रिब्दिकोटमा उपाध्यक्षमा विजय भै जिल्लामा दोस्रो स्थानमा रह्यो । रिब्दिकोटको अध्यक्ष , रैनादेवीको उपाध्यक्ष र तानसेनमा उपप्रमुख सहित माओवादी केन्द्र तेस्रो स्थानमा रह्यो । पाल्पा जिल्लामा एमाले , काँग्रेस , माओवादी केन्द्र र एकीकृत समाजबादी जनता समाजवादी , राप्रपा , मंगोल लगाएतको राजनैतिक दलले स्थानिय तहको प्रमुख उपप्रमुखमा उम्मेदवारी दिएका थिए । जिल्ला जिसस भने एमालेको एकल रुपमा बन्ने निश्चित रहेको छ । जिससमा स्थानिय तहको प्रमुख उपप्रमुखले मात्र मतदान गर्न पाउने व्यवस्था रहेको छ । जसमा एमाले ११ काँग्रेस ६ र माओवादी केन्द्रको ३ मत रहेको छ । विवरण


प्रकाशित : २०७९ जेठ ९ गते १२:२५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology