निस्दीको बिकासमा मेरो प्रतिबद्धता कायमै छ : अध्यक्षका प्रत्यासी सारु

होम राई मगर
प्रकाशित : २०७९ वैशाख २० गते १९:५८

निस्दीको बिकासमा मेरो प्रतिबद्धता कायमै छ : अध्यक्षका प्रत्यासी सारु

२० बैशाख २०७९ । नेकपा एमाले निस्दी गाउँपालिक पाल्पाका अध्यक्षका प्रत्यासी मुक्त बहादुर सारुले निस्दीको बिकासको लागि आफ्नो प्रतिबद्धता रहेको दोहोर्‍याउनु भएको छ ।

आगामी बैशाख ३० गते देशभर सन्चालन हुने स्थानीय तहको आसन्न निर्वाचनमा पुन: अध्यक्ष पदको लागि उम्मेदवारी दोहोर्‍याउनु भएको हो । आज भन्दा ५९ वर्ष अघि बाबा सहबिर सारु र आमा गनिसरा सारुको कोखबाट जन्मनु भएका सारुको औपचारिक अध्ययन एसएलसी सम्म रह्यो । केही वर्ष शिक्षण पेशा गर्नुभएका सारुले २०४३ सालमा पन्चायतकालको बेलामा जनपक्षीय उपप्रधानपन्चको अनुभवबाट जनताको नजिक रहेर काम गरेको बताउनुहुन्छ । त्यसैगरी २०४७ साल तिर प्रजातान्त्रिक राष्ट्रिय एकता मन्चको जिल्ला अध्यक्ष,जिल्ला बिकास समितिको पटकपटक सदस्यको निरन्तरता रहेको छ । २०५४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन ज्यामिरे गाउँ बिकास समितिको अध्यक्षको जिम्मेवारमा रहेर स्थानीय जनताको मन जितेको अनुभव रहेको छ भने देशमा संघीयता आए पश्चात् २०७४ सालको स्थानीय तहको चुनाबमा नेकपा एमालेको तर्फबाट बिजयी हुनुभएको हो । यस अघिको चुनावमा निस्दीको ७ वटामा वडा मध्येमा ५ वटा वडा एमालेले जितेको भन्दै सातै वडामा जित्ने दाबी रहेको बताउनुहुन्छ । निस्दी गाउँपालिका भरि एक घर एक धारा,बिद्धुत सेवाको पहुँच पालिका भरी पुर्‍याउने,युवा लक्षित कार्यक्रम प्राथमिकतामा राखेको बताउनुहुन्छ । शिक्षा,स्वास्थ्य,खानेपानी लगायतका योजनामा चुनावी प्रतिबद्धता पत्र र सबैको सुझाव सल्लाह अनुसार कार्यान्वयन गरिने बताउनुभयो ।

नेकपा एमाले एकीकृत समाजबादी भएकोले तपाईं अनि तपाईंको पार्टीलाई असर गर्न सक्लान् नि भन्ने जिज्ञासामा सारुले निस्दीमा अहिलेसम्म एकजना नेता अनि समर्थक नदिखिएकोले गठबन्धनले समेत कुनै असर नगर्ने बताउदै एमालेको जीत सुनिश्चित रहेको बताउनुभयो । स्थानीय जनता र मतदाताहरुको इच्छा नेकपा एमालेका उम्मेदवारहरुलाई जिताउने रहेको बताउदै यसअघिको चुनावमा करीब ३ हजारको मतान्तर रहेको स्मरण गर्नुभयो ।

अन्तमा आम मतदाताहरुलाई के भन्नुहुन्छ भन्ने जिज्ञासामा सारुले आगामी बैशाख ३० गते हुने निर्वाचनमा एमालेलाई विश्वास गरि जिताउन सबैको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो । यसैगरी यसअघिको आफ्नो कार्यकालमा सम्पन्न हुन नसकेका र बाँकी रहेका अधुरा र अपुरा काम सम्पन्न गर्न आतुर रहेको बताउनुभयो ।


प्रकाशित : २०७९ वैशाख २० गते १९:५८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology