तान्सेन , पाल्पा
नेकपा एमाले पाल्पाले जिल्लाका विभिन्न समस्याका बारेमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकषर्ण गरेको छ । भेटघाटमा जनताले अनुभव गर्ने पहिलो सरकार स्थानिय निकायको निर्वाचन समयमै गर्न प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई जानकारी पठाएको छ ।
नेकपा एमाले पाल्पा पोलिटव्यूरो सदस्य ठाकुर गैरे सहित नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्र घिमिरेको नेतृत्वमा जिल्ला प्रशासन गएको टोलीले खोपको व्यवस्थापन र कोरोनाको व्यापकतामा समेत जनताले प्राप्त गर्ने सेवा सुविधामा सहजताको लागी व्यवस्था मिलाउन आग्रह गरेको थियो । पाल्पामा सञ्चालन भएको खानीबाट जनतामा समस्या परेको बताउदै त्यसको अनुगमन गरि नियन्त्रण गर्न आग्रह गरेको छ । जिल्लामा सञ्चालित कालिगण्डकी कोरीडोर लगायतका ठुला योजनाहरु तोकिएको समयमै निमार्ण सम्पन्न गर्न निमार्ण कम्पनीलाई ताकेता गर्न पनि प्रमुख जिल्ला अधिकारी मार्फत आग्रह गरेको थियो । भेटमा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य नारायण आचार्य, नारायणी शर्मा, राम बहादुर राउत लगायत नेकपा एमाले पाल्पाका पदाधिकारीहरुको सहभागीता रहेको थियो
प्रकाशित : २०७८ माघ १४ गते २०:४१
Facebook Comment