“व्यावसाहीक आत्मनिर्भर र वित्तीय सक्षमता सहीतको गुणस्तरीय साकोस ” भन्ने मुल नारासहित अन्धकार मुत्ति ऋण तथा बचत सहकारी संथाले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०७८÷७९ को लक्ष्य तथा बजेट सम्वन्धी छलफल कार्यक्रम सस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षयतामा सम्पन्न भएको छ ।सस्थाका सहसचीव यमप्रसाद श्रेष्ठको स्वागत मन्तव्यबाट सुू्रु भएको कार्यक्रममा सस्थाका सञ्चालक समितीका पधादीकारीहरु, विभिन्न उपसमितीका पधादीकारीहरु, सल्लाहाकार सदस्य, व्यवस्थापक, सहव्यावस्थापक ,कर्जा प्रमुख, शाखा प्रवन्धकहरु तथा कर्मचारीको उपस्थीतीमा सम्पन्न भएको थियो कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दे सस्थाका व्यावस्थापक दिपेन्द्र प्रसाद पौड्यलले सस्थको वित्तिय अवस्थाका सुचकहरुमा वृद्धीदरको अवस्था के कस्तो रहयो यसका सम्वन्धमा जानकारी गराउनु यस कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो र अहिले सस्थाको १ अरव २० करोड बासलात तयार भएको र १२ हजार सदस्यहरुकको माँझमा हामीहरु रहेको तथा १२ करोड ७३ लाख शेयर पुजी ,९३ करोड बचत , ८६ करोड लगानी, २ करोड ५६ लाख कर्जा जोखिम कोष तथा ७ करोड ११ लाख जगेडा कोषको अवस्था रहेको जानकारी गराउनुभयो । कार्यक्रममा विभिन्न शाखाहरुले,शाखाको शेयर सदस्यताको अवस्था,शेयर पुजीको अवस्था,बचत निक्षेपको अवस्था, बाह्रय ऋणको अवस्था, ऋण लगानीको अवस्था,तरलताको अवस्था,समग्र आम्दानी तथा खर्चको अवस्था , भाका नागेको ऋणको अवस्था आदी विषयका सम्वन्धमा हासील गरेका उपलब्धी तथा यस वर्षका लागी लिईएको लक्ष्यका सम्वन्धमा , केन्द्रीय कार्यलय तर्फवाट तजप्रसाद श्रेष्ठ , रामपुर सहकारी तर्फवाट शर्मीला बास्तोला,रामपुर एम. ए्फ तर्फवाट केशवराज पंगेनी,जब्गादी सेवाकेन्द्र तर्फवाट सरोज आचार्य, ताँहु सेवाकेन्द्र तर्फवाट हुमनाथ बगाले,रामटार सेवाकेन्द तर्फवाट चोलेश्वर चापागाई, सहयोगी सेवाकेन्द तर्फवाट रामचन्द्र ढुङ्गनाले प्रस्तुतिकरण गर्नुेभएको थियो । कार्यक्रममा सस्थाका सल्लाहाकार सदस्य तिर्थ प्रसाद पंगेनीले लक्ष्य राखेर मात्रै नहुने भन्दै त्यसको हासीलताको लागी के कस्ता कार्यक्रमहरु सञ्चालमा आए, कुन ,कुन, अवधीमा गरीयो,आफ्नो लक्ष्य निर्धारण गर्दा आफ्नो शाखाका कर्मचारीहरुसँग छलफल गरीयोको छ की छैन आदी सम्बधमा आफ्नो जिज्ञासा राख्नुभएको थियो । त्यस्तैगरी लेखा समिति सदस्य रमेश ढकालले वित्तीय क्षेत्रमा हासील गर्न चाहेको लक्ष्य सधै वृद्धीदर र खर्चलाई कसरी कम गर्न सकिन्छ भन्नेतर्फ लाग्नुपर्ने बताउनुभयो, साथै भाका नागेको ऋण प्रत्येक वर्ष सुधार हुदै गएको हुनुपर्छ भन्नुभयो साथै रिपोट बनाउदा तिन वर्षको प्रगति प्रतिवेदन हुनुपर्ने र रिपोट स्पष्ट रुपमा सरल तरीकावाट सवैले वुझिने खालको हुनुपर्ने सुझाव दिनुभयो । सस्थाका सल्लाहाकार सदस्य दयाराम भट्टराईले नेफस्कुनले सहकारीमा लघुवित्त कार्यक्रम सफल सञ्चालन विधामा यस सस्था पुरस्कृत भएकोमा वधाई तथा धन्यवाद दिदै यस सस्थालाई वाह्य ऋणवाट मुक्त दिलाउन सफल भएकोमा पनी सम्पुर्ण टिमलाई धन्यवाद दिनुभयो । साथै हामी निती नियममा जे वनाउछौ तर वास्तवीकतामा अली लचीलो भएको कारण परिस्थीती असहज बन्दै गईरहेकोले अली कठोर भएर लाग्नुहुन सुझाव दिनुभयो ।कार्यक्रममा सस्थाका सल्लाहाकार सदस्य भोजेन्द्र प्रकाश ढकालले हामीसँग मुख्य दुइ वटा समस्या रहीआएका छन, पहिलो हामीलाई सदस्यले भरोसा गरेर जम्मा गरेको बचत रकमलाई परिचालीत गर्न सकिएको छैन ,अर्के कर्जामा जोखिमको मात्रा बढ्दै गईरहेको छ अर्थात ऋण असुली गर्न नसकेको अवस्था छ तसर्थ यसको लागी एउटा व्याकेज तथा एजेण्डा बनाएर उत्पादनमुलक क्षेत्रमा लगानी विस्तार गनुपर्ने र महिला उद्यमशीलता मा जोड दिनपर्ने र यसका लागी अल्पकालीन,समकालीन र दिर्धकालीन लक्ष्य तथा रणनीतीक योजनन बनाएर अगाडी बड्नुपर्ने सुझाव दिनुभयो ।सस्थाका सल्लाहाकार सदस्य तथा सस्थापक अध्यक्ष मोहन भट्टराईले कहिले पैसा नभएर लगानी गर्न नसकीने कहिले पैसा बढी भएर अव के गर्न भन्ने अवस्था आएको भन्दै यसमा किन सन्तुलन ल्याउन सकिएन,यसका सम्वन्धमा विशेष विश्लेषण गनुपर्न समय आएको बताउनुभयो । कार्यक्रममा कोषाध्यक्ष देवेन्द्र प्रसाद पोखरेलले प्राप्त सुझाव तथा सल्लाहहरुलाई सञ्चालक समिती को वैठकमा प्रस्तुत गरीने त्यस सम्वन्धमा उचीत निर्णय लिईने जानकारी गराउनुभयो साथै उहाँले लक्ष्य तथा हासीलता प्रतिशतमा धेरै देखिएपनी अँकभारमा वास्तवीक थोरै भएको भन्दै अवका दिनहरुमा स्पष्ट चित्रण देखिनेगरी रिपोट बनाउनपनी सुझाव दिनुभयो । कार्यक्रममा , कार्यक्रमका अध्यक्ष्य सागर प्रसाद देवकोटाले सस्थाको नाफाको स्थीती केही सन्तोषजनक रहेपनी समग्र सस्थाको तरलताको अवस्था अत्याधीक बढि र भाका नागेको ऋणमा निरन्तर वृद्धी भइरहेकोले सस्थामा जोखिम मात्रा बढ्दै गईरहेकाले म त्यसमा त्यती खुसी नभएको भन्दै सफल कार्यले मात्रै पुरस्कृत भईने र असफलताले तिरस्कृत पनि हुन सकिने भएकाले आगामी दिनहरुमा सवै पक्षहरु आ.आफ्नो ठाँउवाट लाग्नुहुनपनी सुचीत गर्नुभयो साथै सस्थाका सल्लाहकारहरुले दिएको सल्लाह तथ सुझाव हाम्रो लागी मर्गदर्शन हुने र त्यसलाई आत्मसाथ गर्दे सुधारात्मक कदमहरु चालीने पनी जानकारी गराउनुभयो कार्यक्रम सस्थाको आफ्नै सभाहलकमा विहान ११ बजेदेखि साँझ ५.०० बजेसम्म भएको थियो भने कार्यक्रमको सञ्चालन अन्धकारमुक्ति साकोसका सहव्यावस्थापक प्रविन न्यौपानेले गर्नुभएको थियो
प्रकाशित : २०७८ भदौ ५ गते २०:०३
Facebook Comment