नेपाल भारत मैत्री संघ पाल्पा शाखाले निस्दीमा राहत वितरण ।
असार ९ रमा भण्डारी रामपुर पाल्पा –
कोभीड १९ को महामारीमा हाम्रो सानो प्रयास भन्ने मुल नाराका साथ मंगलबार मित्यालका ३० घर विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको हो। सघले अाफु पनि बचाै र अरुलाई पनि बचाउ भन्दै अप्ठाराे परिश्थितिमा सानाे सहयाेग लिएर अाएकाे सघका विनाेद श्रेष्ठले बताउनु भयाे ।
नेपाल भारत मैत्री संघ पाल्पा शाखाले निस्दीमा राहत वितरण गरेको छ। नेपाल भारत मैत्री संघ पाल्पाका अध्यक्ष कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले राहत सामग्री वितरण गर्दैकोरोना महामारीको बेला संघले गरेको कार्यप्रति प्रशंसा गदै धन्यवाद दिनुभएको भयाे । । राहत सामग्रीमा चामल १५ किलो तेल १ लिटर , नुन १ किलो , चना १ किलो , साबुन २ वटा र मास्क रहेका छन । यसै गरी अन्य स्थानीय तहमा पनि गरिने संघले जनाएकाे छ । संघले रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्याललाई स्वास्थ्य पनि सामग्री वितरण गरेको छ।
प्रकाशित : २०७८ असार १० गते २०:१७
Facebook Comment