कोरोना महामारीका कारण यस बर्षको नयाँ शैक्षिक असार १ गतेबाट सुरु भएको छ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थी भर्ना अभियानमा विद्यालय शिक्षाभन्दा बाहिर रहेका र उमेर पुगेका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरि औपचारिक शिक्षामा संलग्न गराउनु भन्ने बुझिन्छ । नेपालजस्तो विकाशोन्मुख राष्ट्रमा अझैपनि उमेर पुगेका केहि बालबालिकाहरु औपचारिक रुपमा विद्यालयको पहुँचभन्दा बाहिर रहेका छन् । सरकारले प्राथमिक तहको शिक्षा निःशुल्क गरेपनि केहि बालबालिका विद्यालय शिक्षाको पहुँचमा पुग्न सकेका छैनन जसको प्रमुख कारण भनेको अभिभावकले शिक्षाको महत्वलाई नबुझ्नु नै हो । यसमा पनि खासगरी नेपालको तराई मधेस क्षेत्रमा छोरीलाई पढाउनु हुँदैन र पढ्नु हुँदैन भन्ने मानसिकता केही क्षेत्रमा अझैपनि व्याप्त छ । रुपन्देही जिल्लामा केयर नेपालको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीय साझेदार संस्था पछौटेपन उन्मूलन समाज बेस नेपालको व्यवस्थापनमा सञ्चालित बालिका शिक्षा तथा सशक्तिकरण कार्यक्रम सोर १ अन्तर्गत विद्यालय शिक्षा बाहिर रहेका र प्राथमिक शिक्षा पूरा नगरेका १० देखि १४ बर्ष सम्मका ९६ जना बालिका/किशोरीहरुलाई औपचारिक रुपमा विद्यालय शिक्षामा ल्याउने उद्देश्यका साथ सञ्चालित द्रुत सिकाइ कार्यक्रम अन्तर्गत उडान शिक्षकको सहजीकरणमा प्राथमिक तहमा निर्दिष्ट गरिएको पाठ्यक्रममा आधारित पाठ्यपुस्तक शिक्षण गरेर उनीहरूको सिकाई स्तरलाई मापन गरी उनीहरूको स्तर अनुसारको कक्षामा भर्ना गरिएको छ । रुपन्देही जिल्लाको मर्चवारी र गैंडहवा गाउँपालिकामा संचालित कार्यक्रम अन्तर्गत हालसम्म ४ वटा उडान केन्द्रका ९२ जना बालिका किशोरीहरुलाई उनीहरूको पायक पर्ने ५ वटा मातृ विद्यालयमा भर्ना गरिएको र बाकि ४ जनालाई समेत छिट्टै भर्ना गरिने बेस नेपालका कार्यक्रम संयोजक प्रकाश पाण्डेले जानकारी गराउनुभयो ।
बिचौवापुर उडान केन्द्रमा अध्ययन गरेकी बालिकाका अभिभावक सुनिल कुमार पासी भन्नुहुन्छ “छोरी पनि पढेर सक्षम हुन्छन, छोरी शिक्षित भए परिवार र समुदाय समेत शिक्षित हुन्छ भन्ने कुराको ज्ञान भएको छ ।”विद्यार्थी भर्ना अभियान संचालन गर्दै गर्दा विद्यार्थीलाई विद्यालयमा ल्याउन, विद्यालयमा टिकाउन र सिकाउन अझैपनि चुनौती रहेको अवस्थामा उडान सिकाई केन्द्र मार्फत गरिएको सिकाई सहजीकरणले बालिकाहरुलाई विद्यालयको पहुचमा पुग्न उत्प्रेरणा मिलेको छ साथै यस शैक्षिक सत्रमा पनि नवलपरासी पश्चिम र रुपन्देही जिल्लामा विद्यालय शिक्षा बाहिर रहेका बालिकाहरुलाई १८ वटा उडान सिकाई केन्द्र मार्फत सिकाई क्रियाकलाप संचालन गरि अर्को शैक्षिक सत्र २०७९ मा ४५० जना बालिकालाई विद्यालयमा भर्ना गर्ने उद्देश्य रहेको बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेले बताउनुभयो ।
प्रकाशित : २०७८ असार १० गते १७:४०
Facebook Comment