स्थानिय वन ऐन विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।।

रमा भण्डारी
प्रकाशित : २०७८ असार ६ गते २०:३५

स्थानिय बन ऐन विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।।
असार ६ गते रमा भण्डारी रामपुर पाल्पा
स्थानिय बन ऐन विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।। भरर्चुल माध्यमबाट स्थानिय सरकारका प्रमुखहरुको सहभागितामा भएको अन्तरक्रिया कार्यक्रम सामुदायिक बन उपभोक्ता महासघ पाल्पा जिल्लाको आयोजनामा भएको हो । महासघका अध्यक्ष निरञ्जन भुसालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगरपालिका महासघका केन्द्रिय अध्यक्ष असोक बेन्जुले स्थानिय तहमा बन तथा बाताबरण सम्वन्धी कानुन बनाउन कुनैपनि रोकतोक नभएको भन्दै बनलाइ समृद्धि सग जोड्न पर्छ र स्थानिय संघसंस्थालाइ बलियो बनाउन सके मात्र नगर बलियो हुन्छ भन्नु भएको छ । कार्यक्रममा नगरपालिका महासघका केद्रिय कोषाध्यक्ष घनश्याम पाण्डेले बोल्दै देशव्यापी रुपमा बन ऐन बनाउन लागि परेको बताउदै समुदाय र सामुदायिक बन सगको सम्वन्ध राम्रो भएको बताउनु भयो ।
बन उपभोक्ता महासघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले बन ऐन निर्माणको सहजिकरणका लागि हामी निरन्तर लाग्ने छौ भन्दै कानुन निर्माण गरेर काम गर्ने पर्छ भन्नु भएको छ । सामुदायिक बन उपभोक्ता माहासघका जिल्ला अध्यक्ष भुसालले स्थानिय सरकारले बनको लागि पनि बजेट छुटट्यायर काम गर्ने सके राम्रो हुन्छ भन्दै बन र बाताबरणको विगत देखि अहिले सम्मको अनुभवका आधारमा आवश्यक्ता महसुस गरी ऐन निर्माण गर्नु पर्नै बताउनु भयो ।वहाले ऐन समुदायमुखि छ यसको पारित गरी कार्यनवयन गरियो भने बनको माध्यमबाट समुदायलाइ समृद्धि तर्फ लैजान सकिने बताउनु भएको छ ।


प्रकाशित : २०७८ असार ६ गते २०:३५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology