आधारभूत तह पालिका स्तरको राष्ट्रपति रनिङ शिल्ड कुन विद्यालयले कुन पद जिते सम्पूर्ण विवरण सहित ।।
चैत २५
पूर्वखोला गाउँपालिकामा संचालन भएको दोस्रो पालिका स्तरीय राष्टपति रनिङ शिल्ड प्रतियोगितामाको आधारभूत तह स्तरीय प्रतियोगिता चैत २३ र २४ गते २ दिन विभिन्न खेल हरु सहित सम्पन्न भएको छ । आधारभूत तहमा जम्मा ६ खेल संचालन भएकोमा विभिन्न विद्यार्थीहरुले खेलका सहभागि बनि सफलता हासिल गरेका थिए ।
उद्बुद्धलाई ४ स्वर्ण जिताउन छात्रा १००र २०० मिटर दौडमा विमला ठाडा सफल भईन् ।त्यस्तै छात्र १०० मिटर दौडमा निर्मल आले र छात्रा ४०० मिटर दौडमा अस्मिता परिवारले जिताउन सफल भए । खेलमा उद्बुद्धलाई १ रजत जिताउन छात्र रिले दौड ४ सय मिटर ४ खेलाडि विद्यार्थीले जिताउन सफल भए ।
मातृभुमिलाई ३ स्वर्ण जिताउन छात्रा हाईजम्पमा र लङ्जम्पमा बविता परिवार सफल भईन् । साथै छात्रा रिलेदैड ४ सय मिटर ४ खेलाडि विद्यार्थीले जिताउन सफल भए ।
मातृभुमिलाई २ कास्य जिताउन छात्र १०० मिटर दौडमा बुद्धि ब. गाहा सफल भए । साथै छात्रा ४०० मिटर दौडमा पवित्रा प्रधानले जिताउन सफल भईन् ।
मदन आश्रीत आ.वि. लाई २ स्वर्ण जिताउन छात्र २०० र ४०० मिटर दौडमा हिरा खासुले जिताउन सफल भए । मदन आश्रीत आ.वि. लाई १ रजत जिताउन छात्रा हाईजम्पमा विमला चिदीले जिताउन सफल भईन् । मदन आश्रीत आ.वि. लाई १ कास्य जिताउन छात्र हाईजम्पमा हिरा खासुले जिताउन सफल भए ।
जन पृप्रियलाई १ स्वर्ण जिताउन छात्र हाईजम्पमा कर्ण ब. झेडीले जिताउन सफल भए । जन पृप्रियलाइ १ रजत जिताउन छात्र १०० मिटर दौडमा कर्ण ब. झेडीले जिताउन सफल भए । पृप्रियलाइ १ कास्य जिताउन छात्र ४०० मिटर दौडमा कर्ण ब. झेडीले जिताउन सफल भए ।
अकलाई १ स्वर्ण जिताउन छात्र लम्जम्पमा सन्देश सारुले जिताउन सफल भए । अकलाई कास्य जिताउन छात्रा २०० मिटर दौडमा चनिसरा जर्घा सफल भईन् । अकलाई १ कास्य जिताउन छात्र रिले दौड ४ सय मिटर ४ खेलाडि विद्यार्थीले जिताउन सफल भए ।
जनमार्गलाई १ स्वर्ण जिताउन छात्र रिले दैड ४ सय मिटर ४ खेलाडि विद्यार्थीले जिताउन सफल भए । जनमार्गलाई २ रजत जिताउन छात्र हाईजम्पमा लिला बाकावल र छात्र १०० मिटर दौडमा बसन्त श्रेष्ठ सफल भए । जनमार्गलाई २ कास्य जिताउन छात्र २०० मिटर दौडमा ओम ब. पाटा र छात्रा रिले दौड ४ सय मिटर ४ खेलाडि विद्यार्थीले जिताउन सफल भए ।
शारदा आविलाई १ रजत जिताउन छात्रा लङ्जम्पमा सृजना बयम्बुले सफलता हासिल गरिन् ।
गणपतिलाई ४ रजत जिताउन छात्रा १०० मिटर दौडमा रिया पुन, छात्रा २०० मिटर दौडमा बिपिषा ढेंगा , छात्र ४०० मिटर दौडमा हिमाल दर्जी भए । साथै छात्र रिले दौड ४ सय मिटर ४ खेलाडि विद्यार्थीले जिताउन सफल भए ।
शम्भुलाई १ रजत जिताउन छात्र २०० मिटर दौडमा ओम ब. ढेंगा सफल भए ।
खाण देविलाई १ रजत जिताउन छात्रा ४०० मिटर दौडमा सृष्टि काम्मु सफल रहिन् भइन । खाण देविलाई १ कास्य जिताउन छात्र २०० मिटर दौडमा सृष्टि काम्मु सफल भइन । सरस्वतीलाई २ कास्य जिताउन छात्रा लङ्जम्पमा प्रतिक्षा घर्ती सफल भइन् ,छात्रा लङ्जम्पमा याम ब. काम्मु सफल भए ।
जन उज्ज्वल लाई १ कास्य जिताउन छात्रा हाईजम्पमा सोनु बारघरे सफल भइन ् ।
पूर्वखोलामा ७ माध्यमिक र ८ आधारभूत गरी आधारभूत गरी १५ विद्यालय रहको छ । ३ विद्यालय भने कुनै पनि पदक हासिल गर्न सफल रहेन ।
प्रकाशित : २०७७ चैत २५ गते २२:०७
Facebook Comment