किसान युवा क्लव,फुरुङ्दीको दोस्रो वार्षिकोत्सबका अवसरमा भलिबल प्रतियोगिता ।

अमृत काम्मु मगर
प्रकाशित : २०७७ फागुन १६ गते १:०६

फागुन १५,फुरुङ्दी
मगर एकता दिवस तथा क्लबको दोस्रो वार्षिक उत्सवका अवसरमा किसान युवा क्लव,रम्भा-५,ताहुँ,फुरुङ्दीले साबिक वडास्तरिय भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।

सो अवसरमा आयोजित वार्षिकोत्सब तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथीको रुपमा बोल्नुहुँद‌ै रम्भा गाउँपालिका वडा नं.-५,ताहुँका वडाध्यक्ष खुमाकान्त बस्यालले खेलकुदले मान्छेलाई स्वस्थ,तन्दुरुस्त र फुर्तिलो राख्ने हुँदा खेलकुदको विकासका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो । प्रमुख अतिथी बस्यालले भलिबल नेपालको राष्ट्रिय खेल घोषित भईसकेको हुँदा भलिबल खेलको उत्थानका लागि स्थानीय सरकारले पनि यथोचित पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा रम्भा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दुर्गा प्रसाद अधिकारी,साबिक ताहुँ गा.वि.स.का पूर्व गाविस अध्यक्ष गुण बहादुर सिंजाली लगायतले मन्तव्य राख्नुभएको थियो ।

तीन दिन देखि जारी जम्मा १७ टिम सहभागी भलिबल खेलको आज सम्पन्न फाईनल खेलबाट गोरखनाथ युवा क्लव,रम्भा-५,ताहुँ,मलेङको टिम प्रथम भएको थियो । त्यस्तै आयोजक किसान युवा क्लव,फुरुङ्दीको “B” टिम उपबिजेता(द्वितीय) बनेको थियो भने तृतीय पुरस्कार आयोजक टिमकै “A” समूहले हात पारेको थियोे । बिजेताहरुलाई प्रमुख अतिथी र क्लव अध्यक्षद्वारा क्रमशः रु. २० हजार,१५ हजार र १० हजार नगद पुरस्कारका साथ सम्मान गरिएको थियो ।

सोही कार्यक्रम मार्फत फुरुङ्दी गाउँ/टोललाई जुवातास,लङ्गुरबुर्जा(खोडखोडे) निषेधित क्षेत्र घोषणा गरिएको स्थानीय युवा क्लव सदस्य जितन सुनारीले बताउनुभएको छ । युवाहरुले अबदेखि त्यस टोलभरि जुवातास खेल्ने,खेलाउने गरेको पाईएमा कानुनी कारबाहीका लागि आफुहरु नै अगाडी सर्ने प्रतिबद्धता समेत जनाएका छन ।

क्लवका अध्यक्ष रुद्र बहादुर झेंडीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम नवलसिं गाहाले सञ्चालन गर्नुभएको थियो ।


प्रकाशित : २०७७ फागुन १६ गते १:०६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology