माघ २५,वीरकोट
गणपति माध्यमिक विद्यालय कक्षा १० मा अध्यनरत ( एस ई ई दिने विद्यार्थी ) विद्यार्थीहरुको अभिभावक , विद्यार्थी र शिक्षक विच त्रिपक्ष भेल गणपति माध्यमिक विद्यालय को सभाहलमा सम्पन्न भएको छ । भेलाका प्रमुख अतिथि पूर्वखोला गाउँपालिका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नुन बहादुर थापाले एक पटक सिकेको विषयवस्तुमा अभ्यासको निरन्तरता दिन सकियो भने बिद्यार्थीहरूले सफलता प्राप्त गर्न सक्ने छ्न र प्राप्त शिक्षाको आधारमा नै भविष्य फरक (फरक जागिर प्राप्त गर्न सक्ने कुरामा जोड गर्नु भएको थियो। साथै उक्त भेलामा विद्यालय व्यबस्थापन समितिका सदस्य याम बहादुर सारू लगायतका अतिथिहरुले बिद्यार्थीको उज्ज्वल भविष्ययको कामना गर्दै आफ्नो मन्तव्य राख्नु भएको थियो ।
। उक्त भेलाको उद्देश्य तथा महत्वको बारेमा प्रधानाध्यापक बिष्णु कुमार पल्लीले प्रष्ट पार्नु भएको थियो भने कक्षा शिक्षक शुभास घिमिरेले बिद्यार्थीहरूको अर्ध बार्षिक परीक्षाको नतिजा प्रस्तुत गर्दै अभिभावकलाई आफ्ना छोराछोरीको पढाईको स्तरको बारेमा जानकारी गराउनु भएको थियो। उक्त भेलामा शैक्षिक स्तर वृद्धि गर्न त्रि पक्ष रुपवाट शिक्षक,विद्यार्थी र अभिभावले आ आफ्नो तर्फबाट बहन गर्नुपर्ने जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जायर गर्नु भएको थियोे ।कार्यक्रममा अभिभाकहरुको उपस्थित बाक्लो रहेको थियो । कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष ऋषिराम ढेंगाको अध्यक्षतामा साहेक प्रधानाध्यापक प्रेम बहादुर बारघरेको सन्चालनमा भेला सम्पन भएको थियो ।
प्रकाशित : २०७७ माघ २५ गते २१:०३
Facebook Comment