माथागढीमा रहेको होजियारी उद्योगको अवलोकन गर्न चितवका महिला उद्यमी कसेनीमा

माया बस्याल
प्रकाशित : २०७७ पुष २९ गते २०:३८

२९ पुस
माथागढी गाउँपालिका ३ कसेनी काे हाेजियारी उद्योगमा पहिलोपटक वाहिरी जिल्लाबाट अनुगमन
सक्षम उद्योगी देशको गाैरव भन्ने मुल मर्म लिएर चितवन उद्योग संघका उद्ममी मञ्च द्वारा अायाेजित अाैद्याेगिक अध्ययन अवलोकन भ्रमण गर्ने क्रममा गाउँमै महिलाहरु मिलेर सञ्चालन गरेको माथागढीकाे कसेनीमा सञ्चालित हाेजियारी उद्योगमा अवलोकनमा अाएका हुन् । टाेली पहिलो पटक अाउदा हाेजियारीका महिलाहरुमा निकै हर्षित भएकान छन । अाफुहरुले सानो समुहबाट सञ्चालन गरेको उद्योगकाे उत्पादन गरेको कार्य अवलोकन गर्न अाउदा अाफुहरु निकै खुसी लागेको मिलिजुली हाेजियारीका समूहका अध्यक्ष माया सारु ले बताउनु भयो । अाफ्नाे समूहले गरेको काम देखाउन पाउँदा अाज हामीलाई अझै बढी हाैसला बढेको छ सारुले भन्नु भयो । घरमै बसेर हातले सुइट बुनी अाफ्नाे नानी बाबुलाई लगाइदिने हामी अाज विक्रम सरको पहल र घरेलुु तथा साना उद्योग पाल्पा , स्थानीय सरकार , मेडपा संस्थाले लगाएत संघ संस्थाले गरेको सहयोग बाट हामी यस स्थान सम्म आउन सफल रहेको बताउनु भयो । सहयोग गर्ने व्यत्ती तथा संघ संथा सबैलाइ धन्यवाद भन्दै अझ सहयोगको आशा गरेको बताउनु हुन्छ अध्यक्ष सारु ।
भ्रमण कार्यक्रमका अध्यक्ष सुधा सुवेडी पाैडेलले अाफ्नाे तर्फबाट मायाको चिनाे प्रदान गर्दै अाफुहरु १५ जनाकाे समुहमा अाएकाे र यहाँका समूहगत सञ्चालित याे हाेजियारी देख्दा निकै खुशी लागेको सबैको मिहिनेत र छाेटाे समयमै भएको प्रगति निकै राम्रो रहेको बताउनु भयो । उहाँले अाज सम्मनकै भ्रमणमा यस्तो उत्साहजनक समूहको एक्यवद्धता पहिलोपटक नै देखेको र हामीले पनि यस समुहबाट धेरै कुराहरू सिकाईकाे रुपमा लैजाने बताउनु भयो । उहाँले सबै मिलेर गरिएको कामले छिटोभन्दा छिटो सफलता पाउने र यस समूहले अझ सफलता पावस् भनी शुभकामना समेत दिनु भएको थियो ।
माथागढी गाउँपालिका भित्र यस्तो सामुहिक उद्योग नभएको र हामी सबै मिलेर सञ्चालन गरेको होजियारी उद्योग सञ्चालनमा रहेको पहिलाे उद्योग र पहिलोपटक नै यसरी वाहिरी जिल्लाबाट अनुगमन गर्न हाम्रो उद्योगमा अाउनु भएका टाेलीलाई अाफ्नाे मिहिनेत र परिश्रम देखाउन पाउनु हाम्रो लागि साैभाग्यकाे कुरा भन्नू हुन्छ संयाेजक विक्रम सुनार । उहाँले हामी सबै एकजुट भएर गरेको कामकाे अनुगमन गर्न अाउनु भएको अनुगमन टाेलीलाई स्वागत गर्दै खुसी व्यक्त गर्दै सुनारले “‘ अाज मेराे खुसीकाे सीमा नै रहेन धेरै खुसी छु साच्चिकै यसैगरी सधैंभरि अनुगमन गर्न अाउने धेरै उद्योग बनाउने प्रत्यन गर्ने छु मेराे बाचा भयो ” त्यसैगरी हामीले उत्पादन गरेका बस्तु खरिदबिक्री संगै अनुगमन भएमा हामीलाई थप हाैसला मिल्छ भन्ने संयोजक सुनारको भनाइ छ ।


प्रकाशित : २०७७ पुष २९ गते २०:३८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology