पूर्वखोलाको जनकल्याण विद्यालयले दिवा खाजा वार अनुसार फरक फरक खाजा खुवाउने ।

िसमा श्रेष्ठ
प्रकाशित : २०७७ पुष २४ गते १८:४०

पूर्वखोलाको जनकल्याण विद्यालयले दिवा खाजा वार अनुसार फरक फरक तरिकाले खुवाउने । पूर्वखोला गाउँपालिका ५ वीरकोट आफरडाँडामा अबस्थित जनकल्या आधारभूत बिधालयमा बालकक्षा देखि कक्षा पाचसम्मका बिद्यार्थीहरुलाई दिवा खाजा वापत प्राप्त गर्ने दिवा खाजा कार्यक्रम अनुसार प्रत्यक बालबालिको अभिभाबक भेलाबाट छलफलगरी बार अनुसार दिवाखाजा दिने निर्णय भएको छ । आइतबार छोलेसमोसा, सोमवार चाउमिन , मंगलवार पुरी तरकारी, बुधवार हलुवा, बिहीवार चना र शुक्रवार अण्डा दिने भएको छ। बिधालयमा क्यानटिनको ब्याबस्था गर्न सम्भब नभएकोले बिधालयको नजिकैको होटेल गर्ने याम बहादुर कुवारले नास्ता खुवाउने जिम्मा लिनुभएको छ। अभिभावक भेलामा बाल बालिकाको अभिभावक धेरै व्यत्त गर्नु भयो । अभिभावक को तर्फबाट बोल्दै कक्षा तीनमा अध्यानरत विद्यार्थीको अभिभावक अम्बिका थापाले दिवा खाजा उपलब्ध गराई दिने निकाय लाई धन्यवाद दिदै खुशी प्रकट गर्नुसभयो। कार्यक्रम विधालय व्यस्थापन समितिका अध्यक्ष शिव बहादुर ठाडाको अध्यक्षतामा चलेको थियो। दिवा खाजा बापत प्रत्येक विद्यार्थीले १५ रुपैयाँका दरले पाउने भए पछि यो निर्णय भएको विद्यालय का प्राध्यानाध्यापले जानकारी गराउनु भयो ।


प्रकाशित : २०७७ पुष २४ गते १८:४०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology