पालिका भरिका सहकारी संचालक र पुर्बखोला सहकारी समन्वय समितिको बैठक पुर्बखोलामा -३मा सम्पन्न ।

भरत सिंजाली
प्रकाशित : २०७७ पुष १७ गते २१:४४

पूर्वखोलामा सहकारी समन्वयन समितिको वैठक पूर्वखोला ३ रिङ्नेरहमा सम्पन्न भएको छ । पालिका भरिको साना तथा ठुला गरि १३ सहकारीको प्रतिनिधि मुलक उपस्थिती रहेको कार्यक्रमका प्रमुख अतिथि पूर्वखोलाका गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले सहकारी सफलता साथ सञ्चालनका लागी सहकार्य आवस्यक रहेको गाउँ गाउँमा सहकारी घर घरमा रोजगारी भन्ने सहकारी नीति अनरुप काम गर्नुपर्ने सहकारी उत्पादन मुखी बन्नु पर्ने ,सेवा मुलक हुन पर्ने तथा स्थानीय र सहकारीको सम्वन्ध बलियो बनाउन र सहकारी लाई ससक्त गराउनका लागी गाउपालिका द्धारा केहि वजेट विनियोजित गरेको थापाले बताउनु भयो । सहकारीमा देखिएका समस्याहरु एक आपसमा छलफल गरी टुङ्गो लगाउनपर्ने बताउनु भयो । थापाले निस्कृय रहेको सहकारी लाई योजना बनाई अघि बढ्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला सहकारी सञ्चालन पाल्पाका सचिब भुपति पाण्डेले सहकारी ऐनमा सहकारी पूर्ण रुपले सञ्चालन जिमेवारी रहने , सहकारी नियमनकारी बारेमा वोल्दै सहकारी अनुगमनलाई गाउँपालिका बाट नै पहल हुनुपर्ने बताउनु भयो । उहाले सहकारी सानो सानो एकाइ को संगठनले सबैकुराको प्रतिनित्व गर्दै अघि बढ्नु पर्ने कुरामा ध्यानमा राख्दै क्षेत्र र सेवा लाई विस्तार गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सम्पूर्ण सहकारी हरुको प्रतिनिधिहरुले आ आफ्नो सहकारीको रिपोट गदै अब हरेक महिनामाको १० गते भित्र रिपोट गर्ने ,संहकारी सञ्चालकहरु अवलोकन भ्रमण , तथा वडा गत रुपमा सहकारी व्यवस्थापन समबन्धित तालिम सञ्चालन गर्ने र प्रतिवेदन विवरण राख्दै अघि बढ्ने कुरामा छलफल भएको थियो ।
कार्यक्रममा पूर्वखोला पालिका सहकारी समन्वन समितिको अध्यक्ष याम बहादुर खत्रिको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन हरि न्यौपानेले गर्नु भएको थियो ।


प्रकाशित : २०७७ पुष १७ गते २१:४४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology