आज मिति २०७७/०९/१० गतेका दिन पूर्वखोला गाउँपालिकाको आयोजनामा ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिक र पूर्ण अपाङ्ग भएका ब्यक्तिहरुको घर घरमा गएर स्वास्थ्य जाँच साथै जाडोको लागि ब्लान्केट बितरणको शुभारम्भ पुर्वखोला ३ निवासी ९८ बर्षको लक्ष्मी प्रसाद तिमल्सिनालाई गाउँपालिका अध्यक्ष श्री नुन बहादुर थापाले गर्नु भयो । कार्यक्रम पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री ज्ञानु प्रसाद पनेरुको अध्यक्षता र श्री नुन बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियोे ।
प्रकाशित : २०७७ पुष १० गते २०:२५
Facebook Comment