नेकपाको ओली समुहमा पाल्पाको १२ जना केन्द्रिय सदस्य मोनोनित

Kandara News
प्रकाशित : २०७७ पुष ७ गते २०:१८

पाल्पाबाट नेकपा (ओली) समुहको केन्द्रीय सदस्यमा को को थपिए ?
पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (ओली समुह)को काठ्माण्डौमा सम्पन्न तेस्रो पुर्ण बैठकबाट पाल्पाबाट थप १२ जना केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

यसरी केन्द्रीय सदस्यहरुमा थपिएका नेताहरुमा राधाकृष्ण कँडेल, कुलप्रसाद नेपाल, नारायण आचार्य, झपेन्द्र बहादुर जिसी, धनेन्द्रराज घिमिरे, नारायण जिसी, नारायणी शर्मा, डा. गोबिन्द नेपाल, राम बहादुर राउत, इन्द्रा गहतराज, सृजना काफ्ले , थानेश्वर बस्याल रहेको स्रोतले जनाएको छ ।

यसरी थपिएकाहरु मध्ये राधाकृष्ण कँडेल, कुल प्रसाद नेपाल र नारायणी शर्मा पुर्व सांसद हुन् । त्यस्तै नारायण आचार्य नेकपाको जिल्ला अध्यक्ष तथा प्रदेश सांसदको रुपमा रहेका छन् । झपेन्द्र बहादुर जिसी जिविसका पुर्व सभापति हुन् । धनेन्द्रराज घिमिरे, नारायण जिसी नेकपाका पुराना नेता हुन् । डा. गोविन्द नेपाल, राम बहादुर राउत, इन्द्रा गहतराज सृजना काफ्ले, थानेश्वर बस्यालले पनि नेकपाको महत्वपुर्ण पदमा रही काम गर्दै आएका छन् ।
लामो समयदेखि नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भई काम गर्दै आएको र अहिलेको नेतृत्वले आफुहरुको योगदानको कदर गर्दै केन्द्रीय सदस्यमा मनोनित गरेकोमा आफुहरुमा थप उर्जा मिलेको नेताहरुले प्रतिक्रिया दिएका छन् । स्रोत पाल्पा समाचार पत्र


प्रकाशित : २०७७ पुष ७ गते २०:१८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology