तीनकन्या कल्याणकारी कोष पूर्वखोला -२ बर्मूबाट जस्मिन ढेंगाको उपचारको पचास हजार सहयोग

Kandara News
प्रकाशित : २०७७ पुष ६ गते २१:०७

सहयोग आउने क्रम जारी छ ।
“जस्मिन ढेंगा मगर बचाउ अभियान ” अन्तर्गत पौष ०४ गतेका दिन उहाँको मृगौला रोगको उपचारार्थ तीनकन्या कल्याणकारी कोष , पूर्वखोला गाउँपालिका – २ , जल्पा, बर्मू , पाल्पाले कोष संचालक समितिका सदस्य तथा समाजसेवी नर बहादुर झेडी मगरद्वारा गाउँका अगुवा, समाजसेवी, बुद्धिजीवि, युवा,महिला,बालबालिकालगायत अन्य महानुभावहरुको उपस्थितिमा बिरामीका आमा ज्ञानुमाया रानालाई रु. ५०,०००/- (अक्षरुपी पचास हजार रुपैयाँ ) हस्तान्तरण गरिएको भोज बहादुर रानाले बताउनु भएको छ ।


प्रकाशित : २०७७ पुष ६ गते २१:०७

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology