देशको विभिन्न स्थानीय तहमा १५ शैयाको अस्पतालको आज शिलान्यास

Kandara News
प्रकाशित : २०७७ मंसिर १५ गते १९:०७

नेपालको स्वास्थ्य क्षेत्रका लागी मंसिर १५ गते ऐतिासिक दिन भएको छ । सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्यायने उद्देश्यले सोमवार पहिलो चरणमा ३९६ स्थानीय तहमा १५ शैयाको अस्पताल भवनको घोषण
गरेको थियो । ७५३ स्थानीय तह मध्य ६४९ स्थिानीय तहमा अस्पाताल नै रहेकको छैन्न । पहिलो चरणमा प्रदेश नं। १ मा ३२ स्थानीय तहमा प्रदेश नं। २ मा २० स्थानीय तहमा, वागमती प्रदेशमा १९ स्थानीय तहमा गण्डकी प्रदेशमा ५३ स्थानीय तहमा , लुम्बिनी प्रदेशमा ६० स्थानीय तहमा, कर्णाली प्रदेशमा २८ स्थानीय तहमा र सुदुरपश्च्मिमा ३४ स्तानीय तहमा १५ शैयाको अस्पताल बन्दै छ ।
यो सहित पाल्पाको निस्दीमा लुम्बिनी प्रदेश सांसद युवराज खनाल तथा पूर्वखोला र माथागढीमा लुम्विनी प्रदेश सांसद नारायण आर्चायले शिलान्यास गर्नु भएको छ ।

सिमा श्रेष्ठ
पूर्वखोला गाउपालिका ५ विरकोटमा १५ शैयाको अस्पतालको शिलान्यास लुम्बिनी प्रदेश सांसद नारायण प्रसाद आर्चाले गर्नुभएको थियो । शिलान्यास कार्यक्रममा आचार्यले यस क्षेत्रमा अस्पताल बने संगै विज्ञ सहितको सुविधा सहित हरेक प्रककारको विरामीहरु बाट शुविधा लिन सक्ने बताउनु भयो । गाउँपालिका अध्यक्ष नुन बाहादुर थापाको अध्यक्षको अध्यक्षतामा स्वास्थ्य संयोजक मोहन ढकालको संचालनमा भएकको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भागरथी भटट्राई , प्रमुख प्रसासकिय अधिकृत ज्ञानु प्रसाद पनेरु , जिल्ला सन्यन समिती सदस्य ईश्वरी प्रसाद न्यौपाने लगायतले मन्तव्य राख्नु भएको थियो ।


मायाँ बस्याल
१५ गते , माया बस्याल
माथागढी गाउँपालिका अन्तर्गत झडेवा स्वास्थ्य चौकी १५ शैया अस्पतालको रुपमा रुपान्तरण गर्ने भइको छ । लुम्बिनी प्रदेश सांसद नारायण आचार्य द्वारा भवन शिलान्यास गरिएको हो । आचार्यले शिलान्यास कार्यक्रममा बोल्दै माथागढी गाउँ पालिका भित्र पर्ने विभिन्न वडा हरुबाट भौगोलिक विकटताका कारण विरामीहरुलाई अस्पताल लैजान समस्या थियो । आज म यहाँ आएर यो शिलान्यास कार्यक्रममा सहभागी हुन पाउँदा अझै धेरै खुशी लागेको र मैले प्रदेश बाट गर्नुपर्ने सबै कामहरु समेत गर्ने प्रतिबद्धता जनाउनु भयो । शिलान्यास कार्यक्रममा आफ्ना भनाइ राख्दै गाउँपालिका अध्यक्ष सन्तोष थापा भन्नु भयो भौगोलिक विकटता र यातायात असुबिधाका कारण कतिपय अवस्थामा बिरामीलाई अस्पताल सम्म पनि पुर्याउन नसकिने र धेरै बिरामीको बाटोमै मृत्यु सम्म पनि हुने गरेकोले यश योजनालाई प्रदेश सरकारमा पठाइएको हो योजना संबोधन भएको मा व्यक्तिगत तर्फबाट र सिङ्गो पालिकाको तर्फबाट धन्यवाद दिन चाहान्छु । थापाका अनुसार झडेवा स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतालमा रुपान्तरण गरिने छ । १८ करोड ६ लाख ८२ हजार को लागतमा ३ जना डाक्टर सहित २७ जना स्वास्थ्य कर्मी ले दुई बर्ष भित्र सेवा दिने गरी संचालन हुनेछ र काम समयमै सकिने छ । शिलान्यास कार्यक्रमको अध्यक्षता झडेवा वडा अध्यक्ष मधु पराजुलीले गर्नु भएको थियो ।


प्रकाशित : २०७७ मंसिर १५ गते १९:०७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology