घर बाट विद्यालय हिडेका शिक्षक काली किनारमा

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७७ मंसिर १० गते २१:२२

घरबाट बिद्यालय भनी हिडेका शिक्षक काली नदिको किनारमा मृत अवस्थामा फेला

रामपुर नगरपालिका -९ जव्गादी स्थित श्री भानुभक्त माध्यमिक विद्यालयका शिक्षक पिताम्बर कार्की राम्दी पुल नजिकै कालीगण्डकी किनारमा मृत अवस्थामा फेला फरेका छन ।
तानसेन नगरपालिका तानसेनमा घर भएका कार्की विगत १० बर्ष देखि रामपुर नगरपालिका -९ जव्गादी स्थित श्री भानुभक्त माध्यमिक विद्यालयमा शिक्षण पेशामा आबद्ध थिए । उनी भानु भक्त माध्यमिक विद्यालयको प्रध्यानाध्यापक पदमा रहेर समेत करिब ९ बर्ष काम गरेका थिए । कार्की घर बाट विद्यालय जान भनेर हिडेका र परिवारलाई बिद्यालय पुगे भन्ने सन्देश समेत दिएका कार्कीले विद्यालयका सहकर्मीहरुलाई भने १ /२ दिनमा विद्यालय उपस्थित हुने जानकारी गराएका थिए । अर्को दिन कार्कीको मोबाइल अफ भए संगै परिवारले विद्यालयमा सम्पर्क गर्दा सर विद्यालयमा अनुपस्थित भएको थाहा पाए संगै सम्पर्क बिहिन भएपछि प्रहरिलाई खबर गरेका थिए। खोजी कार्य हुँदा राम्दी पुल नजिक परेवा पहाड मुनि कालिगण्डकी किनारामा कार्कीलाई भेटिएको थियो । झोलामा भएको परिचयपत्र (भोटर लिस्ट)को आधारमा कार्किको पहिचान भएको प्रहरिले जनकारी गराएको छ । प्रहरिले शवलाइ वालिङ लगि पोस्ट मार्टम गरि आफ्न्तलाई बुझाएको छ ।


प्रकाशित : २०७७ मंसिर १० गते २१:२२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology