गाउँपालिका स्तरीय १५ शैय्याको हस्पिटल सुकेपोखरा क्षेत्रमा सार्न माग गर्दै पूर्वखोला -५ विरकोटमा स्थानियले विरोध गरेका छन ।

डिल्ली राज पंगेनी / सिमा श्रेस्ठ
प्रकाशित : २०७७ मंसिर १० गते २०:३५

गाउँपालिका स्तरीय १५ शैयाको हस्पिटल सुकेपोखरा क्षेत्रमा सार्न माग गर्दै पूर्वखोला -५ विरकोटमा स्थानियले विरोध गरेको छन ।
पुर्वखोला गाउँपालिकाले पत्र संख्या २०७७/७८ चलानी नं.२८ मिति २०७७/ ०७/०३ गते,गणपती मा.वि.को अंग्रेजी ब्लक आसपास क्षेत्रमा ३ रोपनी जग्गा निशुल्क जग्गा उपलब्ध गराउने सम्बन्धि सुचना जारी गरेको थियो। तर त्यस ठाउँमा निशुल्क जग्गा प्राप्त गर्न नसकिएपछि अन्य वैकल्पिक स्थानमा निशुल्क जग्गा प्राप्तिको लागि छलफल हुँदा सुकेपोखराका बासिन्दाहरुले १० रोपनी जग्गा निशुल्क प्रदान गर्न तयार भएका थिए । यसैबिच मिति २०७७ मंसिर ९ गतेको बैठकले त्यही क्षेत्र(गणपति मा.वि.,अंग्रेजी ब्लक)मा उक्त जग्गालाई मूल्य निर्धारण गरेर त्यही स्थानमा हस्पिटल बनाउने निर्णय भएको भन्दै स्थानियले विरोध प्रदर्शन गरेका छन । साथै उनीहरुले निशुल्क जग्गा पाइने स्थान, गाउँपालिका भरिको सेन्टर हुने,उपयुक्त वातावरण भएको सुकेपोखरा क्षेत्रमा सार्न माग गरेका छन । पूर्वखोला गाउँपालिकाका हेक्लाङ,जल्पा,देविनगरको समेतको पायक पर्ने पर्ने शान्त हावापानी समेत रहेको हुँदा त्यहाँ सार्नु उपयुक्त हुने माग सहित पूर्वखोला गाउँपालिका अध्यक्ष , विरकोट वडा अध्यक्ष तथा हस्पिटल निर्माण समिती अध्यक्ष लाई सम्बोधन गर्दै ५नं.वडा सदस्य तथाअस्पताल व्यवस्थापन समिती सद्स्य सावित्रा थापालाई ज्ञापन पत्र बुझाएका छन ।
विरोध कार्यक्रममा स्थानीय सरकारलाई सुशासन कायम गर्न आग्रह गर्दै , कालोबजारी र सामाजिक सुरक्षा भत्ता तुरुन्तै वितरण गर्न समेत माग गर्दै कालो झण्डासहित मोटरसाइकल -याली तथा नाराबाजीसमेत गरेका थिए ।
विरोध कार्यक्रममा सहभागीहरुले युवाहरुलाई राजनैतिक रुपमा प्रयोग मात्रै नगर्न आग्रह गर्दै विकासमा पनि सहभागी गराउन माग गरेका थिए । विरोध कार्यक्रममा प्रेम बारघरे , मेक सारु , पवन बारघरे,वीर बहादुर सिंजाली , पूर्ण बहादुर सारु लगायतले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । पूर्व भुपु सैनिक नुन बहादुर थापाको अध्यक्षता सम्पन्न विरोध कार्यक्रमको संचालन अमृत काम्मुले गर्नु भएको थियो ।


प्रकाशित : २०७७ मंसिर १० गते २०:३५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology