बीवीसीको प्रभावशाली सय महिला २०२० को सूचीमा नेपालकी १८ बर्षे सपना

Kandara News
प्रकाशित : २०७७ मंसिर ९ गते २१:०७

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीको विश्वका एक सय प्रभावकारी तथा प्रेरणादायी महिलाको सूचीमा नेपालकी १८ बर्षे सपना रोका मगर परेकी छिन् ।

जीवन कठिन परिस्थिति र अशान्तमय बनेको अवस्थामा पनि अरु भन्दा फरक गरेर समाजमा परिवर्तन ल्याउने महिलाको सुचिमा उनी परेकी हुन । सपनाले काठमाडौंको पशुपति आर्यघाटमा दाबी नगरिएको शव व्यवस्थापन गर्ने काम गर्दै आएकी छिन् ।

सपना आवद्ध संस्थाले सनाखत हुन नसकेको बेवारिसे शवलाई अस्पताल पुर्‍याएर पोष्टमार्टम समेत गराउँदै आएको छ । सोही कारण उनलाई बीबीसीले प्रेरणादायी महिलाको सूचिमा राखेको हो ।

३५ दिनसम्म कुनै व्यक्तिले उक्त शवमाथि दाबी नगरेको अवस्थामा सपना आवद्ध संस्थाले धार्मिक परम्परा अनुसार शदगद् गर्दै आएको बीबीसीले जनाएको छ । वार्षिक रुपमा त्यस्ता एक सय महिलाको सूची बीबीसीले सार्वजनिक गर्दै आएको छ ।
उनको जन्म नेपालको म्यादी जिल्लामा भएको थियो । सपना नेपाली सबैको प्रणाको स्रोत बन्न सफल भएकी छिन ।


प्रकाशित : २०७७ मंसिर ९ गते २१:०७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology