हेक्लाङका विद्यालयहरु मंसिर ८ गतेबाट खुल्दै

प्रकाश देवकोटा
प्रकाशित : २०७७ मंसिर ८ गते ८:०३

पाल्पा,हेक्लाङ
मंसिर,८
पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं ६ हेक्लाङ्गका विद्यालयहरु मंसिर ८ गतेदेखि खुल्ने भएका छन।
वडा अध्यक्ष मन बहादुर सारूको अध्यक्षतामा मंसिर ७ गते बसेको वडाभित्रका प्र.अ.हरूको बैठकले सो निर्णय गरेको हो । मंसिर ८ गतेदेखि पूर्वखोला शिक्षा शाखाको निर्देशन आउन्जेलसम्म विद्यालयहरु नियमित रूपमा संचालन गर्ने निर्णय गरिएको छ । कोरोना महामारीले रोकिएका विद्यालय नियमित संचालन हुने कुराले अभिभावक र विद्यार्थीमा उत्साह बढेको छ । विद्यालय संचालन गर्दा पूर्ण रूपमा स्वास्थ सुरक्षाका मापदण्डहरु पालना गरिने बालकल्याण प्रा.वि.,झेमराङका प्र.अ.शंकर न्यौपानेलेे बताउनुभयो।यस वडामा मा.वि.,आ.वि.,प्रा.वि.गरि ५ वटा विद्यालयहरु रहेका छन् ।


प्रकाशित : २०७७ मंसिर ८ गते ८:०३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology