निस्दी र रामपुरमा विद्यालय नियमित संचालन

Kandara News
प्रकाशित : २०७७ मंसिर ७ गते ९:४३

जिल्लाको निस्दी गाउँपालिकाभित्र रहेका ५४ विद्यालयहरु आजदेखी संचालन हुने भएको छ।
निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा यहि बिहिवार/शुक्रबार बसेको शिक्षा समितिको बैठकले विद्यालय संचालन गर्ने निर्णय गरेको गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले जानकारी दिनुभयो।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९)को कारण निस्दी गाउँपालिकामा शैक्षिकसत्र शुरूवातसंगै नियमित पठनपाठन हुन सकेको थिएन भने वैठकले(मंसिर-७)आज आइतबारदेखी स्वास्थ्य मापदण्ड पूरा गरि विद्यालयमै कक्षा संचालन गर्ने निर्णय गरेको प्रवक्ता सुनारीले जानकारी दिनुभयो। यस्तै रामपुर नगरपालिकामा पनि स्वास्थ्य मापदण्ड पालना गर्दै सबै विद्यालय संचालन गर्ने निर्णय भएको जनहित प्राथमिक विद्यालयका प्र अ लोक प्रसाद पंगेनीले बताउनु भयो । पूर्वखोला गाउँपालिकाले भन्ने विद्यालय स्वयम् सुचना निकालेर कक्षा संचालन गरिरहेको छ ।


प्रकाशित : २०७७ मंसिर ७ गते ९:४३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology