सिलुवामा युवा लक्षित कार्यक्रम सम्पन्न ।

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७७ मंसिर ५ गते २०:०१

पूर्वखोला गाउँपालिका वडा नम्बर १ सिलुवाको आर्थिक बर्ष २०७७/७८ मा विनियोजित युवा लक्षित बजेट विविध कार्यक्रम गरेर सकिएको छ ।
युवा लक्षित कार्यक्रमका लागि छुट्याइएको रु. २ लाख बजेटबाट साबिक सिलुवा गा.वि.स.को वडा नं. १,मा कोक्सेदी खेल मैदान निर्माण ,साविक वडास्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता र खेलकुद सामग्री बितरण गरिएको मण्डली स्पोर्ट्स क्लवका कोषाध्यक्ष शंकर प्रसाद श्रेष्ठले बताउनुभयो ।
मण्डली स्पोर्ट्स क्लवको आयोजना र पूर्वखोला गाउँपालिकाको सहआयोजनामा भएको खेलकुद सामाग्री वितरण कार्यक्रममा प्रमुख अथितीको आसनबाट बोल्नुहुँदै पूर्वखोला गाउँपालिका वडा नम्बर-१, सिलुवाका कार्यवाहक वडा अध्यक्ष गिरमान आलेले खेलकुदले मानिसको बौद्दिक र शारिरिक विकास गर्ने बताउनुभयो । उहाँले सबै क्षेत्रको विकासमा युवाहरु अगाडि बढ्नुपर्ने पनि बताउनुभयो ।

सिलुवा भित्रका सम्पूर्ण खेलमैदान स्थलगत अवलोकन गरेर १४ वटा युवा क्लवलाई १/१ थान भलिबल तथा नेट वितरण गरिएको छ । साविक वडास्तरिय पुरुष भलिबल प्रतियोगिता भने गत कार्तिक २३ गते सम्पन्न भइसकेको थियोे ।कार्यक्रममा क्लवका कोषाध्यक्ष शंकर प्रसाद श्रेष्ठले हाल सम्मको आम्दानी खर्च सार्वजनिक गर्नुभएको थियो । कार्यक्रम मण्डली स्पोर्ट्स क्लवका अध्यक्ष अन्त प्रसाद श्रेष्ठको अध्यक्षता तथा सचिव कृष्ण प्रसाद पंगेनीको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ मंसिर ५ गते २०:०१

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology