विश्व भरि फैलिएको काेभिड -१९ काे प्रभाब काे कारण राेकिएकाे कक्षा ११ काे परीक्षा रम्भा गा पा मा आज बाट सुरू भएकाे छ। कक्षा ११ काे परिक्षामा नेपाल सरकार ले जारि गरेकाे स्वास्थ्य मापदण्ड अनुसार सुरक्षा का सबै मापदण्ड हरू अपनाएर सुरू गरिएकाे गाउँपालिका शिक्षा अधिकृत मीनादेवि आचार्य ले जानकारि गराउनु भयाे । पालिकामा जम्मा ४ वटा केन्द्रमा नियमित र ग्रेडवृदी गरि जम्मा २४० परिक्षार्थी हरू ले आज पहिलाे दिनकाे अंग्रेजी बिषय काे परीक्षा दिएका छन । जसमा
१.रम्भा मा वि केन्द्रमा नियमित र आशिक गरि १२२ जना ।
२.अमृत पब्लिक मा वि केन्द्रमा नियमित र आशिक गरि २८ जना ।
३.कृष्ण मा वि केन्द्रमा नियमित र आशिक गरि ३९जना ।
४.जनकल्याण मा वि केन्द्रमा नियमित र आशिक गरि ५१ जना ।
हरेक परीक्षा केन्द्रमा साबुन पानी सहित हात धुने व्यवस्था , सेनेटाईजर काे व्यवस्था , विद्यार्थी परीक्षा हलमा प्रवेश गर्नु पुर्व ज्वराे नापि र माक्स काे प्रयाेग पछि मात्र विद्यार्थी लाई परीक्षा हल मा प्रवेश गराईएकाे स्वास्थ्य शाखा प्रमुख शिव प्रसाद अर्याल ले जानकारि गराउनु भयाे ।
परीक्षा यहि मंसिर ३ गते बाट सुरू भै ७ गते सम्म विहान ८ बजे बाट ११ बजे सम्म संञ्चालन हुने छ ।
प्रकाशित : २०७७ मंसिर ३ गते १६:३७
Facebook Comment