पुर्वखाेला गाउपालिका कृर्षि शाखाले ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरेको छ। गहुँ बालिमा उत्पादन दर बढाउने र कृर्षककाे अाम्दानि वृद्धि गर्ने उद्देश्यले अार्थिक वर्ष २०७७/०७८ काे याेजना अनुसार २ हजार ३ सय किलाेग्राम उन्नत जातकाे नेपाल सरकारले सिफारिस गरेको गाैतम जातकाे गहुँको बीउ वितरण गरेको हाे। वडा न १ सिलुवामा २ सय किलाे वडा नम्बर २ जल्पामा ४ सय किलाे वडा नम्बर ३ रिङनेरहमा ४ सय कलाे वडा नम्बर ४ देविनगरमा १२ सय किलाे र वडा नम्बर ५ विरकाेटमा १ सय किलो गरि जम्मा २ हजार ३ सय किलाेग्राम गहुँको बीउ वितरण गरेको कृषि शाखाका प्रमुख सन्तोष कडेलले जानकारी दिनुभएको छ। विगत वर्षमा धान बाहेक अरु बालि नलगाउने खेतमा स्थानीय सरकारले उन्नत जातकाे विभिन्न कृर्षि उपज विउहरु साैलिएत रुपमा उपलब्ध गराए पछि माैसम अनुसारकाे अन्न बालि तरकारी उत्पादन हुदा अाम्दानि बढ्नुका साथै केही पैसा बचाउन सफल भएको देविनगर वडाका कृर्षक कृष्ण बा खाम्चाले बताउनु भयो । साथै कृर्षकाे माग अनुसार अालुकाे बीउ खरिद गरि सकेकाे र सवारी साधन उपलब्ध नहुदा वडा वडामा पठाउन अझ २ / ४ दिन लाग्ने गाउपालिका अध्यक्ष नुन बा थापाले बताउनु भएको छ।
प्रकाशित : २०७७ कार्तिक २८ गते १६:२६
Facebook Comment