माथागढीमा भएको फुटबल खेलमा सराई युवाकलब प्रथम

मायाँ बस्याल ( माथागढि )
प्रकाशित : २०७७ कार्तिक २५ गते २१:५८

कार्तिक २५ गते , माया बस्याल ,माथागढी गाउँपालिका वडा नम्बर २ खहरे मा फुटबल खेल सम्पन्न भएको छ । फुटबल प्रतियोगिता भ्यालि फूटबल क्लब खहरे काे अायाेजना भएको हाे । खहरे सप्लायर ; ममता बेकरि, र ए:एन के सप्लायर्सकाे आर्थिक सहयोगमा प्रतियोगिता चलेको थियो प्रतियोगितामा ८ वटा टिम सहभागी थिए भने , प्रतियोगिता ३ दिन चलेको थियो । प्रतियोगितामा माथागढी गाउँपलिका वडा नम्बर ३ कसेनीकाे सराई युवा क्लव पहिलो र खहरे युवा क्लव दाेस्राे भएका थिए । विजेता टिमलाई भेदभाव नगरी मैत्रीपूर्ण ढंगले रु ११ हजार १ सय ११ नगद र मेडल प्रदान गरिएको थियो । विजेता टिमका टिम लिडर समिर जङ्ग थापाले पुरस्कार लिएर खुशी व्यक्त गर्दै अायाेजक टिमलाई धन्यवाद दिनु भएको थियो साथै यस्ता खेलले खेलप्रति रुचि जगाने खेलाडीलाई हाैसला प्रदान भएको कुरा पनि जानकारी गराउनु भएको छ । उद्घाटनका क्रममा बाेल्दै २ नम्बर वडा अध्यक्ष जनक रिजेलले सबै खेलाडीहरुलाई राम्रोसँग खेलेर अाफ्नाे नाम राख्नु भन्दै पूर्ण सफलताको कामना सहित शुभकामना मन्तव्य दिनु भएको थियो । साथै खेललाई व्यवस्थापन युवा क्लवका युवा हरुले गर्नु भएको थियो भने टिम लिडर भएर युवराज चिदी ले सहजिकरण गर्नु भएको थियो यसैगरी प्रतियोगिता अध्यक्ष नन्दबिर दिसुवाकाे अध्यक्षतामा सम्पन्न भएको हाे।


प्रकाशित : २०७७ कार्तिक २५ गते २१:५८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology