पब्जीको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाल विजयी, उपाधि र फस्ट रनरअप सहित ७१ लाख पुरस्कार

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७७ कार्तिक २५ गते १७:५४

काठमाडौं । नेपाली पब्जी टिमले ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया’को उपाधि जितेको छ । पब्जी टिम ‘एबररप्ट स्लेयर’ले उपाधिसँगै ४० हजार डलर अर्थात् नेपाली ४७ लाख ४० हजार रूपैयाँ जित्न सफल भएको हाे ।

त्यस्तै प्रतियोगिताको दोस्रो स्थान पनि नेपाली टिमले नै जितेको छ । टिम ‘द रियल सोल्डर’ फस्ट रनरअप हुँदै २० हजार डलर अर्थात् नेपाली २३ लाख ७० हजार रुपैयाँ जित्न सफल भएको छ ।

यी दुवै नेपाली टिम पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप स्लटका लागि छनोट भएका छन्। यो च्याम्पियनशिपको विजेताले २३ करोड ७० लाख रूपैयाँ हात पार्ने छ । जहाँ प्रतिस्पर्धा गर्न विश्वभरका पब्जी टिम सामेल हुनेछन् ।

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसियाको शीर्ष १६ मा दक्षिण एसियाका नेपाल, पाकिस्तान र बंगलादेशका पब्जी टिम छानिएका थिए ।

यसअन्तर्गत नेपालका १०, पाकिस्तान र बंगलादेशका ३/३ टिमले प्रतिस्पर्धा गरेका थिए । भारतमा पब्जी प्रतिबन्ध हुँदा त्यहाँका गेमरले भने यो प्रतियोगितामा सहभागी जनाउन पाएनन् ।

साभार-अनलाइन टेकपाना


प्रकाशित : २०७७ कार्तिक २५ गते १७:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology