माथागढीको ओलेसमा पहिलो पटक बस पुग्यो

मायाँ बस्याल
प्रकाशित : २०७७ कार्तिक २४ गते २०:४२

२४ कार्तिक ,माथागढि गाउँपालिका वडा नम्बर ३ कसेनी अाेलेसमा पहिलो पटक बस पुगेको छ । भाैगाेलिक विकटताका कारण धेरै प्रयास गरिएता पनि हालसम्म बस ल्याउन नसकेको र स्थानीयले दुख भाेग्नु परेको गुनासाे बताउनु हुन्छ स्थानीय वासिन्दा कृष्ण बहादुर सारु त्यसैगरी अर्का स्थानीय बासिन्दा तथा टाेल संयाेजक भक्त बहादुर कामु पनि सहित स्थानीय धेरै खुसी हुनुभएको छ । पाल्पा जिल्लामै अग्लो डाडाँकाे रुपमा रहेको काैडेलेक पनि यातायात असुविधा हुदा अाेझेलमा परेको भन्दै स्थानीयहरु पिडा सुनाउनु हुन्छ । गाउँमा बस जादा सबै दङ्ग परेर हेर्न जानेको घुइँचो लागेको थियो । पहिलो पटक बस लाने श्रीनगर यातायात प्रालिकाे लु २ ख ११११ नम्बरको बस लाई चालक चन्द्रबहादुर थापा क्षेत्री र सहचालक विष्णुबहादु दिसुवा ले लगेका हुन्।चालक भन्छन् अब नियमित बस सञ्चालन हुन्छ समय चाहिँ विहान ७ बजे अालेसबाट छुट्छ भने साझ ३ बजे पाल्पा तानसेन बाट छुट्छ । स्थानीयले निकै दुख पाएकाले बस जादा खुशी भएका छन् । स्थानीय भन्छन् बस नहुने दिनमा एउटा जिप छुट्ने त्यसमा जान नमिल्ने अझै सामान त ल्याउनै नमिल्दा धेरै समस्या हामी सराइ बजारबाट खाद्यान्न सामान बाेकी ४ घन्टाको उकालो हिड्नु पर्ने धेरै वाध्यता थियो बस अायाे हामी धेरै खुशी छाै । गाउँले ले बसको स्वागत फुलमाला सहित गरेका थिए ।


प्रकाशित : २०७७ कार्तिक २४ गते २०:४२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology