कारगारमा पुस्तकालय अभियान कपिलवस्तुबाट सुरु गरिदै

रबिन शर्मा चापागाईं
प्रकाशित : २०७७ कार्तिक २३ गते १६:४४

 

कारागारमा दैनिकी बिताईरहेका कैदिबन्दीहरुको सिकाईको स्तर बृद्धि सहित कारागार जीवन पछि कारात्मक विजारोपण गर्न कपिलवस्तुमा कारागार पुस्तकालय अभियान सुरु गरिएको छ ।

कारागारमा पनि सिकाईका अवसर पाए कारागारबाट निस्किएपछि आफु र समाजमा सकारात्मक विजारोपण गर्न सकिने भन्दै कारागारमा सिक्ने अवसर सिर्जना गर्न कपिलवस्तुका सामाजिक युवा अभियानताहरुले सो अभियान सुरु गर्न लागेका हुन । अभियान्ताहरु दिवस राज पौडेल,गौरव पौडेल,हरि खनाल, आरती अर्याल,सुनिता बेलबासे र असिम भट्टराईले जिल्ला कारागार कपिलवस्तुमा कारागार पुस्तकालय स्थापना गर्ने उद्धेश्य सहित सो अभियान सन्चालन गरिरहेका छन । उनीहरुले सो अभियान संचालनका लागि उनीहरुले केन्द्रीय कारागार डिल्लीबजारबाट अनुमति लिएर कपिलवस्तुमा सो अभियान संचालन गरिएको बताएका छन् । कपिलवस्तु कारागारबाट सुरु हुने सो अभियान क्रमशः देशभरका कारागारमा विस्तार गरिने पनि अभियान्ताहरुले जानकारी दिएका छन् ।

उनीहरुले अभियानको पहिलो चरणमा जीवनउपयोगी पुस्तकहरु संकलन गरिरहेको बताए । अहिले विभिन्न संघ संस्थाहरु सँग र व्यक्तिगत रुपमा पठनगयोग्य पुस्तकहरु संकलनको काम भईरहेको अभियान्ता दिवसराज पौडेलले बताउनुभयो ।

हाल यो अभियानमा One Earth One Love,Help for Happiness, नेपाल युवा परिषद कपिलवस्तु, 100’s Group Group, उज्यालो लाल्टिन प्रतिष्ठान देवदह र रोट्ट्रयाक क्लब अफ दमक ले सहयोगी भुमिका निर्वाह गरेको अर्का अभियान्ता असिम भट्टराईले जानकारी दिनुभयो ।


प्रकाशित : २०७७ कार्तिक २३ गते १६:४४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology