बगनासकाली पोखराथोककी बिना न्यौपानेले झिनिया बिक्री गरेर मासिक ३० हजार आम्दानी गर्दै

कन्दरा सम्वाददाता_सजय पाहारी
प्रकाशित : २०७७ कार्तिक २३ गते १३:५०

 

पाल्पाको बगनासकाली गाउँपालिका-२ पोखराथोककि बिना न्यौपानेले मासिक रुपमा झिनिया बिक्री गरेर करिब ३० हजार रुपैयाँ आम्दानी गर्दै आउनु भएको छ।

न्यौपानेले करिब ५ बर्ष देखि यो पेशा अगालेको बताउनुहुन्छ भने उहाँले’आफुले यो सीप आर्जन गरेर घरमै बसि फुर्सदको समयम झिनिया उत्पादन गरेको उहाँले बताउनुभएको छ भने न्यौपानेले फुर्सदको समयमा बोराका बोरा चामल पिसेर काम गर्दै आइरहेको उहाँको सहयोगि छोरा बिशाल न्यौपानेले बताउनुभएको छ भने झिनिया ब्यापारबाट आयअर्जनमा वृद्धि हुँदै गएपछि बिनाले आफ्ना २ छोराहरूको +२ सम्म पढाई खर्च गर्नुका साथै धार्मिक तथा सामाजिककार्यमा निरन्तर सहयोग गर्दै आइरहेको बताउनुभएको छ।

बगनासकालीको पोखराथोकमा प्राय जसोले झिनिया उत्पादन गरेपनी अहिले केहीले मात्र झिनिया उत्पादन गरेको न्यौपाने परिवारको भनाइ रहेको छ भने यस क्षेत्रमा उत्पादनभएको सबै झिनिया पाल्पा, स्याङ्जा,गुल्मी,बुटवल,कपिलवस्तु लगाएतको ठाउँहरुमा बिक्री हुने गरेको छ भने आफुले सिकेको सीप कोहिपनि सिक्न नआएकोले आगामी दिनहरुमा सीप सिक्न लगानी लागाउन पर्ने सम्भावना हुन सक्ने छ,त्यसैले सीप सिकेर बस्न महिला दिदी बहिनिहरुलाई आग्रह गर्नुभएको छ।

बिनाले अहिले सम्म आफुले कुनै निकायबाट अहिलेसम्म कुनैब सेवा सुबिधा प्राप्त नगरेको र गाउँपालिकाले महिलाकुनैब-बहिनीहरुलाई यस्तै किसिमका सिप सिकाउन सकेमा महिलाहरुको जीवन शैलिमा फरक आउने बताउनुभयो।


प्रकाशित : २०७७ कार्तिक २३ गते १३:५०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology