रिब्दिकोटमा सिसि क्यामेरा र स्वास्थ्य मापदण्डका साथ कक्षा ११को परीक्षा संचालन

Kandara News
प्रकाशित : २०७७ कार्तिक २३ गते ११:३०

रिब्दिकोट , पाल्पा ,कार्तिक २३ रिब्दिकोटमा सिसि क्यामेरा र स्वास्थ्य मापदण्डका साथ कक्षा ११को परीक्षा संचालन।
रिब्दिकोट गाउपालिकाले कोविड -१९ का कारण स्थगित रहेको परीक्षा होम सेन्टरमानै स्वास्थ्य मापदण्ड पालना गर्दै परीक्षा संचालान गरेको रिब्दिकोट गाउपालिका शिक्षा अधिकृत मणि खनालले जानकारी गराउनु भयो । उहाले पालिका भरी जम्मा ७ विध्यालयमा कार्तिक १९ गते बाट कार्तिक २८ गते सम्म संचालन हुने उहाले बताउनु भयो । सबै विध्यालयम ८ बजे देखि ११ बजे सम्म परिक्षा हुने शिक्षा अधिकृत खनालले जानकारी दिनु भयो ।

भवानी माध्यमिक विद्यालय रिब्दीकोट–५,कुसुमखोलाले परिक्षामा स्वास्थ्य सुरक्षाको उपायहरु अपनाई परीक्षा भइरहेको बताउनु भयो । प्रत्येक कक्षामा सिसि क्यामेराको प्रयोग गरी निरीक्षण समेत गरीएको विध्यालयका प्रध्यानाध्यापक रुद्र प्रसाद आचार्यले जानकरी गराउनु भयो । विध्यालयले परीक्षा हुनु भन्दा अगाडि विध्यार्थीको जोरो नापेर परीक्षा हलमा प्रबेश गराउने र दुरि कायम गरि बसाइ व्यवस्थापन गरेको प्रध्यानाध्यापक आचार्यले बताउनु भयो ।( तस्विर अर्जुन आचार्य भवानी मा वि शिक्षक )


प्रकाशित : २०७७ कार्तिक २३ गते ११:३०

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology