पूर्वखोलाको खैरेनीमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

सुरेश देवकोटा
प्रकाशित : २०७७ कार्तिक २२ गते २२:०७

विश्वभरि फैलिएको काेराेना भाईरस काे राेकथाम साथै बाल बिवाह सम्वन्धि जनचेतना मुलक कार्यक्रम ईलाका प्रहरी कार्यालय पूर्वखाेला काे आयाेजनामा पूर्वखाेला गाउँपालिका वडा नं २ खैरेनिमा सम्पन्न भयाे । कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक प्रकाश पछाई ले करिव २० जना जति उपस्थित सहभागिहरूलाई काेराेना बाट वच्ने उपायहरू बताउदै सबैलाई अनिवार्य माक्सकाे प्रयाेग गर्न, नियमित साबुन पानी ले हात धुन र सामाजिक दुरि कायम गर्न अनुराेध गर्नु भयाे । साथै साेही कार्यक्रममा सहभागी व्यक्ति साथै पैदल यात्रिहरूलाई समेत माक्स वितरण गरिएकाे थियाे । मास्क नलगाई हिडेका यात्रुलाई मास्क प्रयोग गर्न अनुरोध गरिएको थियो ।उक्त कार्यक्रममा बाल विवाह सम्बन्धि जनचेतना मुलक कार्यक्रम पनि सम्पन्न गरिएको थियाे । हाम्रो समाजमा रहेकाे बाल बिबाह लाई न्युनिकरण का उपायहरू बताउदै बाल बिबाह हुन लागेकाे सुचना कसैले थाहा पाएमा प्रहरी कार्यालयमा जानकारी गराउन प्रहरी सहायक निरिक्षक ज्यु ले अनुराेध गर्नु भयाे ।यस्ता कार्यक्रम मा अझ किशोर किशोरि हरूलाई सहभागि बनाउन सकिएमा बालबिवाह रोक्न सकिने कार्यक्रममा सहभागि डिल बहादुर राना ले बताउनु भयो । अहिले कोरोना माहामारिमा मास्क र साबुन पानिले हात धुनु पर्ने र आफै सचेत हुनुपर्नेमा कार्यक्रममा सहभागिहरूको एक मत रहेको थियो । यस्ता कार्यक्रमहरू हरेक टोल टोलमा गर्न सके कोरोना माहामारि केहि हद सम्म भए पनि रोक्न सकिन्छ ।


प्रकाशित : २०७७ कार्तिक २२ गते २२:०७

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology