पाल्पाको माथागढिमा तिनहु पुलको पदेश न ५ का भौतिक पूर्वाधार मन्त्री द्धारा शिलान्यास

मायाँ बस्याल
प्रकाशित : २०७७ कार्तिक २१ गते १८:२२

कार्तिक २१ गते
माथागढी गाउँपालिका अन्तर्गत पर्ने रुप्से , चिदिपानी , बदवारी , तिनउखाेला पुल शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि माननीय वैधनाथ चाैधरी भाैतिक पुर्वाधार विकास मन्त्री ले कार्यक्रममा बाेल्दै पुल निर्माण कार्य कार्यका लागि ४ कराेड , ८ लाख , ४९ हजार ३ सय अठार रुपैयाँ ८५ पैसा बराबरको पक्की पुल निर्माण हुने साथै छिटोभन्दा छिटो काम सम्पन्न गर्नका लागि समन्वय गरिने प्रतिबद्धता समेत जनाउनु भएको छ साथै निर्माण कार्यलाई निरन्तरता दिनका लागि प्रदेश बाट पनि निरन्तरता दिइने कुरा बताउनु भयो ।

विशिष्ट अतिथि प्रदेश सभा सदस्य नारायण प्रसाद अार्चार्यले विगतका समयमा यस खाेलाले धेरै व्यक्तिहरुले ज्यान गुमाउनु परेको यस घटनालाई प्रदेश मा समेत ध्यानाकर्षण गरिएकोकुरा बताउनु भयो साथै यस निर्माण कार्यलाई छिटोभन्दा छिटो सम्पन्न गर्नका लागि पहल चालिने कुरा बताउनु भएको थियो । अतिथि प्रदेश सभा सदस्य रमा घर्तीले यस निमार्ण कार्यलाई दिगाे र प्रभावकारी रुपमा सम्पन्न गर्न र सबै मिलेर याे निर्माण कार्यलाई पूर्णता दिन अाग्रह समेत गर्नु भएको छ ।माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापाले कार्यक्रममा बाेल्दै प्रदेश बाट अाएकाे याेजना प्रंशसनीय छ पालिका बाट गर्नुपर्ने सबै सहयोगहरु गर्ने र याेजनालाइ पूर्णता दिनका लागि पालिकाले सक्दाे सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

अतिथि भाैतिक पूर्वाधार निर्देशक भिमाजन पाण्डे , पत्रकार महासंघ अध्यक्ष राजेश कुमार अर्याल ले याेजनाकाे पूर्णता संगै दिर्घकालिन हाेस् भनी शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम कार्यवाहक अध्यक्ष प्रमुख जिल्ला समन्वय समिति मीरा मरासिनीकाे अध्यक्षता तथा स्थानीय समाजसेवी रेखिराम रानाको सञ्चालनमा सम्पन्न भएको हाे ।


प्रकाशित : २०७७ कार्तिक २१ गते १८:२२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology