विद्यालयको लागि स्थानियको सहयोग

प्रकाश देवकोटा
प्रकाशित : २०७७ असोज २५ गते १७:२९

मिति २०७७ साल असोज २५ गते आइतबारका दिन पूर्वखोला गाउँ पालिका वडा नं ६ झेमराङ्ग स्थित श्री बालकल्याण प्रा वि मा विद्यालय वरिपरि सरसफाइ र दालचीनीको पात र बोक्रा निकालियो ।विद्यालयको आफ्नै जग्गामा रहेको दालचीनी स्थानिय झेमराङ्ग वासिको सक्रियतामा निकालियो । करिब आधी रोपनि क्षेत्रफलमा दालचीनी रहेको छ । ठुला रूख काट्ने र साना रूखलाई बढाउने गरि दालचीनी निकालिएको हो । दालचीनी को बोक्रा र पात सुकाएर मात्र विक्रि गरिने छ । सो दालचीनी विक्रिगरी आएको रकम विद्यालय सञ्चालनमा प्रयोग गरिने छ । विद्यालयकोअार्थिक अवस्था ज्यादै कमजोर रहेको र सामान्य स्रोत साधन र निजि स्रोत शिक्षकलाई तलब खुवाउन धौ धौ परेको अवस्थामा यो विक्रि गरेर आउने रकमबाट केहि भए पनि सहयोग पुग्ने विद्यालयका प्र. अ. शंकर न्यौपानेले बताउनुभयो । विद्यालय राम्रो र व्यवस्थित बनाउनको लागि गा. पा. र वडा मा सहयोग गर्न पटक पटक अनुरोध गर्दा पनि हालसम्म कुनै सहयोग नपाईएको वि व्य स अध्यक्ष तारा बहादुर काम्मु ले बताउनु भयो । विद्यालयको लागि गा पा र वडामा आर्थिक सहयोग लगायत अन्य सामाग्री माग गरिएको वडा सदस्य नरिन्द्र काम्मुले बताउनु भयो । विद्यालयको गुणस्तर सुधार गर्नको लागि यसरी काम गर्न पाउदा खुसि लागेको अभिभावक पविसरा काम्मुले बताउनु भयो । आजै विद्यालय वरिपरि सरसफाइ गर्ने काम पनि सम्पन्न भयो । यस काम सम्पन्न गर्नको लागि खाडदेवी युवा क्लबका अध्यक्ष प्रकाश काम्मुको नेतृत्वमा भएको हो । काम गर्नको लागि प्रत्येक घर धुरी बाट १/१ जना गरि ४५ जनाको सहभागिता रहेको क्लवका अध्यक्षले जानकारी दिनुभयो । यसरी आफ्नो गाउँठाउ मा रहेका सार्वजनिक सम्पत्तिको संरक्षण र परिचालन गर्नु सबैको लागि एउटा अनुपम उदाहरणीय काम हो ।


प्रकाशित : २०७७ असोज २५ गते १७:२९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology