पूर्वखोलाका युवाहरु बिच भ्रामक र गलत समाचार रोकथाम सम्वन्धी तालिम सम्पन्न

सुरेश देवकोटा
प्रकाशित : २०७७ असोज २० गते ७:३२

असोज २०

नेपाल युवा संस्था सञ्जाल ( आयोन) काे आयाेजना र ईन्टरनेश्नल फाउन्डेसन फर इलेक्ट्राेल सिस्टम नेपाल र युएसआईडीको आर्थिक तथा प्राविधिक सहयोगमा युवाहरु लाई लक्षित गरेर भ्रामक र गलत समाचार रोकथाम सम्वन्धी तालिम सम्पन्न भएको छ । अन्लाईन माध्यमबाट भएको तालिममा २० भन्दा बढी युवाको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल युवा संस्था सञ्जालकी कार्यक्रम व्यवस्थापक सुस्मिता श्रेष्ठले पाठक र दर्शकको ध्यानखिच्ने र समाचार ब्रेकिङ गर्ने प्रतिस्पर्धाका कारण उपयुक्त फ्याक्ट चेकिङ नभई समाचार सम्प्रेषण हुने गरेको मात्र होइन्, अतिरन्जित समाचार शीर्षकहरु समेत राख्ने गरेकाले यस्तो कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

कार्यक्रममा भ्रामक र मिथ्या समाचार, दुस्प्रचार, गलत सुचना, घृणास्पद अभिव्यक्तिको पहिचान, रोकथाम र त्यस विरुद्धको प्रतिक्रियाको बारेमा कार्यक्रममा छलफल गरिएको थियो । हरेक महामारीमा यस्ता गलत सुचना र घृणास्पद अभिव्यक्ति आईरहने हुँदा युवाहरु लाई यस्ता सुचना कसरी पहिचान गर्ने, यस्ता सुचनाहरु रोकथाम गर्ने तरिका र युवाहरुले यस्ता गतल र खराब जानकारी विरुद्ध गर्न सक्ने प्रतिक्रियाको बारेमा सहभागीहरुलाई प्रशिक्षित गरिएको थियो ।

कार्यक्रमका प्रशिक्षक खिमानन्द देबकोटाले प्रशिक्षण दिनुभएको थियो । सूचना महामारीको रोकथामका सूचकहरू, तस्विरको आधिकारिता लगायतले समेत महत्वपूर्ण भूमिका खेल्ने हुँदा मिडियाकर्मी यस बिषयमा थप सचेत हुनु जरुरी रहेको देवकोटाले बताउनुभयो ।
यति मात्रहोइन, गलत र भ्रामक समाचार र सूचनाको कारणले गलत निर्णयहरु हुनसक्ने र त्यसले समाजलाई नकारात्मक असर गर्ने समेत हुँदा यस्ता गलज सुचना विरुद्ध युवाहरुले रोकथामको पहल गर्नुपर्ने बताउनुभयो । लामो समयदेखि सञ्चारमाध्यममा र सामाजिक क्षेत्रमा क्रियाशील देवकोटा युवा, शुसासन र बालबालिकाको क्षेत्रमा कलम चलाउनु हुन्छ ।

कार्यक्रममा सहभागी जनकल्याण माविका प्रधानाध्यापक अर्जुन देवकोटाले गलत र भ्रामक समाचारको नकारात्मक असर हुने भन्दै यसले पब्लिकलाई मिसलिड गर्ने मात्र होइन सही सूचना प्राप्त गर्ने अधिकारबाट जनता वञ्चितहुने हुँदा युवा हरु थप सचेत र सक्रिय हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमका अर्का सहभागी प्रकाश देबकोटाले महामारीको समयमा ति महामारी भन्दा खतरा रुपमा आएका यस्ता गलत सुचना, दुस्प्रचार तथा घृणास्पद अभिव्यक्तिको पहिचान, रोकथाम र प्रतिकार गर्ने यस तालिमले ठुलो सहयोग पुर्याएको बताउनुभयो । यस तालिममा सिकेका जानकारी यो कोरोना महामारी मात्र नभई अन्य महामारीमा समेत सहयोग पुग्ने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमहरु निरन्तर पर्नेमा जोड दिनुभयो ।


प्रकाशित : २०७७ असोज २० गते ७:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology