सिलुवामा रहेको महिला सहकारीमा चोरी भएको २० दिन हुदा समेत चोर पत्ता लागेन

डिल्ली राज पंगेनी
प्रकाशित : २०७७ असोज १६ गते २२:०१

पूर्वखोला गाउपालिका मा रहेको मनकामना महिला उध्यमी सहकारी चोरी भएको २० दिन हुदा समेत चोरी कस्ले गर्यो भन्ने पत्ता लगाउन सकेको छैन ।
चोरी भएको सुचना पाए संगै मनकामना महिला सहकारिका अध्यक्ष कमला ढकाल संग सम्पर्क गर्ने प्रत्यत्न गरेका थियौ । उहाको अनुसार भाद्र २५ गते नै चोरी भयको मनकामना महिला उध्यमी सहकारिकि अध्यक्ष  कमला ढकालले बताउनु भएको छ । उहाको अनुसार मेन ढोका को कब्जा निकालेको र कार्यालय रहेको ढोकाको समेत कब्जा निकाली ३ ओटा दराज मध्य एउटा दराज भित्र रहेको ३ लाख ३३ हजार रुपया नगत चोरी भएको जानकारी गराउनु भयो । र संगै रहेको खुल्ला पैसा भने जस्ताको तस्तै रहेको  अध्यक्ष ले जानकारी गराउनुभयो ।

उहाँले पैसा कुनै योजना पुर्वक चोरी भएको हुन सक्ने वताउनु भयो ।
चोरी भए लगतै जब्गादी प्रहरी चौकी लाई
जानकारी गराएको र इलाका प्रहरी कार्यालय रामपुर र जब्गादी प्रहरी चौकी समेत ले खोजी गर्दा समेत चोर पत्ता लगाउन नसकेको अध्यक्ष ढकालले वताउनु भयो ।


प्रकाशित : २०७७ असोज १६ गते २२:०१

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology