ओम भञ्ज्याङ देखि -सिलुवा सम्मको ३३ केभी नयाँँ लाइन वरपर सतर्कता अपनाउन आग्रह

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ असोज १४ गते २१:४५

पुर्वखोला गाउँपालिकाले रम्भा गाउँपालिका-५,ताहुँ ओम भञ्ज्याङ देखि पूर्वखोला गाउँपालिका-१,सिलुवा सम्मको ३३ केभि प्रसारण लाईन वरपर सतर्कता अपनाउन आग्रह गरेको छ । सिलुवामा रहेको सब स्टेसन चार्ज गर्ने काम भैरहेको हुँदा असोज ११ गतेदेखि चार्ज
प्रक्रिया नसकिँदा सम्म ३३ केवि लाइनको वरपरको क्षेत्रमा र विद्युतीय प्रसारण सामाग्री क्षेत्रको वरपर नरहन समेत अनुरोध गरेको छ । प्रसारण लाईन क्षेत्रमा कुनै फल्ट संकेत देखिएमा जिल्ला प्रसारण केन्द्रमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।


प्रकाशित : २०७७ असोज १४ गते २१:४५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology