पूर्वखोला गाउपालिक ३ अर्खलडाँडामा एक घर एक धाराको लागि उपभोत्ता समिती गठन

डिल्ली राज पंगेनी
प्रकाशित : २०७७ असोज १४ गते १५:५१

असोज १४

पूर्वखोलाको -३ को अर्खलडाडामा १ घर १ धाराको लागि तीन मुल सहित तीन टोल को विभाजन गरि समिती गठन गरेको छ । जम्मा ३ वटा टोल गरि विभाजन गरि खानेपाली यसै बर्ष सम्म्पन्न हुने गरि अगाडि बड्ने प्रदेश सामसद नारायण प्रसाद आचार्याले जानकारी गराउनु भयो । आचार्यले जन उज्ज्वल आधारभुत विध्यालय अर्खलडाडाको दक्षिण तर्फको भाग पहिरो को कारण क्षेती भएको छेत्रमा पालिका संग समन्यन गरेर यसको नियन्त्रमा लागि पर्न पहल गर्ने वताउनु भयो । उहाको प्रदेशको गौरवको आयोजनाको रुपमा रामपुर -रोल्पा सडक खण्ड अगाडि बढेको र त्यसको डिपिआर गर्ने काम अगाडि बढेको जानकरी गराउनु भयो । स्थानिय सरकार र प्रदेश सरकर र केन्द्र सरकार तिनै तह मिलेर अघि विकास निर्माणमा अघि बढेको उहाले वताउनु भयो ।

कार्यक्रममा पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले अर्खलडाडा गाउलाइ १,२,३ गरि ३ टोलमा यस अघि विभाजन गरेर त्यही अनरुप प्रदेश सरकारको सहयोगमा २ न क्षेत्रको ५२ घरलाइ सुरुवात गरेको र सो काम सम्पन्न भै नसेकोले यस बर्ष गाउपालिकाले निरन्त्रता देने गरि यस बर्ष ३ लाख रकम विनियोजित गरेको जानकारी गराउनु भयो । र बाकी रहेको २ क्षेत्रको लागि खानेपानी डिभिजन कार्यालयले हेर्ने गरि काम तत्काल सुरु हुने गरि काम सुर्वात गर्ने वताउनु भयो । पालिका अध्यक्ष थापाले निर्वाचित भै सकेपछी जति दुर्त गतिमा काम गर्न नसेपनी काम हरु सुरुवाती चरणमा रहेको घोषणा गरे अनुरुपको काममा पूरा हुने कुरा बताउनु भयो ।
वडा न ३ का वडा अध्यक्ष निलकण्ठ भट्टराइले यस बर्ष वडाको विभिन्न क्षेत्रहरुमा खानेपानी सुरुवात हुने र केही ठाउँ मा १ घर १ धारा पूरा हुने बताउनु भयो ।

क्षेत्र २ को काम गत बर्ष सुरुवात भै सकेको छ जस्को उपभोक्ता समितिको अध्यक्षमा पूर्ण बहादुर फाल हुनुहुन्छ त्यस्तै क्षेत्र १ मा हुम बहादुर आले र क्षेत्र ३ मा मान बहादुर बारघरे अध्यक्षमा छनोट भएको छ । जिल्ला खानेपानी प्राविधिक शोभाखर अधिकारी ले १ क्षेत्रको स्टेमेट भै सकेको र बाकी रहेको अर्को क्षेत्रको प्राविधिक स्टेमेट छिटै हुने वताउदै छिटै काम सुर्वात गर्न आवश्यक पकृया बढाउन उपभोक्ता समितिलाइ आग्रह गर्नु भयो ।
अर्खलडाडामा जम्मा १४४ घरको लागि खानेपानी लागि सर्बे भएको थियो ।
कार्यक्रम डिल्ली पंगेनिको संचालनमा बह्रादेवी खानेपानीका अध्यक्ष हुम बहादुर आलेको अध्यक्षतामा सम्पन भएको हो ।


प्रकाशित : २०७७ असोज १४ गते १५:५१

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology