देवीनगरमा १९ जना कन्ट्याक्ट् ट्रेसिङ रिपोट नेगेटिभ

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ असोज ५ गते १९:४२

पुर्वखोला गाउँपालिका-४,देवीनगरमा गत भाद्र ३१ गते संकलन गरिएको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।लुम्बिनी मेडिकल कलेज,प्रभासमा डायलाईसिस गर्न जाने आउने क्रममा लुम्बिनी मेटिकलले पि सि आर परिक्षण पश्चात देवीनगरको स्थानीय १ पुरुषमा कोरोना संक्रमण संक्रमण फेला परेपछि कन्ट्याक्ट् ट्रेसिङको आधारमा देवीनगरको बजर क्षेत्रको १९ जनाको स्वाब संकलन भएकोमा थियो । परिक्षण भएको सबै जनाको नेगेटिभ रिपोर्ट आएको पूर्वखोला स्वास्थ शाखा प्रमुख मोहन ढकालले जानकारी दिनुभएको छ ।

ती पुरुषलाई संक्रमण देखिएपछि स्थानियस्तरमा कोरोना संक्रमण फैलिन सक्ने भन्दै गाउँपालिका कार्यालयले गत भाद्र २७ गते ९ दिनका लागि लेमधेम बजार सिल गरेको सुचना जारी गरेको थियो । शिलको अवधी आज साँझ ६ बजे सकिएको थियोे । यसै बिच संकलित सबै स्वाबहरुको रिपोर्ट नेगेटिभ आएसंगै शिल पनि खुलेको कुरा आज साँझ गाउँपालिकाले जारी गरेको सुचनामा जनाएको छ ।


प्रकाशित : २०७७ असोज ५ गते १९:४२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology